एजेन्सी । गाईको गहुँतमा सुन भेटिएको दाबी वैज्ञानिकले गरेका छन् । भारतको गुजराँतको जूनागढ कृषि विश्वविद्यालयका प्राध्यापक डाक्टर बि ए गोलकियाले एक लिटर गहुँतबाट ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिने दाबी गरेका हुन् । विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका अध्यक्ष समेत रहेका डा.गोलकियाले आफ्नो ४ बर्षको अनुसन्धानमा ४०० भन्दा बढी गाईको गहुँत जाँच गरेका थिए ।
त्यस क्रममा उनले ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सफल भएको दाबी गरेका हुन् । शोधकर्ताका अनुसार गाइको साथै उँट, भैँसी तथा भेँडाको पिसाब पनि परीक्षण गरिएको थियो । तर अन्यको पिसाबमा सुन भेटिएन, केबल गाइको पिसाबमा मात्र सुन भेटियो । साथै शोधकर्ताहरुले गौमूत्रमा ३ सय ८८ प्रकारका औषधीय तत्व समेत फेला पारेका छन् । यी औषधिय तत्वमा मानिसको सरीरमा लाग्ने विभिन्न खाले रोग निको पार्ने दाबी शोधकर्ताको छ ।


0 comments:
Post a Comment