नुवाकोटमा पहिरोले घर पुर्दा दुई बालकको ज्यान गयो

By

नुवाकोट,असार १५ । नुवाकोटको बुङताङमा गएको पहिरोमा परि दुईजनाको ज्यान गएको छ । बुधवार बिहान बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घर पहिरोले पुर्दा दुई बालकको ज्यान गएको छ। बिहान ८ बजेतिर पहिरोमा परि मेघबहादुर छोराहरु १३ वर्षीय छोरा आइतराम र ६ वर्षीय आशिषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य घाइते भएकी छन्। घाइते तथा मृतकको स्थानीयवासीले तत्काल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

0 comments:

Post a Comment