फागुन ७ गते दशरथ रंगशालामा निशुल्क प्रार्थना उपचार

By

काठमाडौ, फागुन ३ । शारिरिक र मानसिक रुपमा अपाङ्गता भएका असक्तहरुको प्रार्थना विधीबाट आगामि फागुन ७ गते दशरथ रंगशालमा निशुल्क उपचार गरिने भएको छ । बीनीप्रप्र सेवाकार्य नेपालले आयोजना गर्ने चंगाई कार्यक्रममा प्रार्थनाबाट निशुल्क उपचार गरिने सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
आफू पनि त्यस्तै विधीबाट स्वस्थ्य भएका सस्थाका अध्यक्ष चेतबहादुर खरेलले ईश्वरसँग प्रार्थन गरेर अशक्तहरुको उपचार गर्ने छन ।
पत्रकार सम्मेलनमा खरेलले कार्यक्रममा ५० हजार जनाको उपचार गरिने जानकारी दिदै उपचारपछि सबै त्यही ह्विल चेयर छाडी हिडेर घर फर्कने दावी गरे ।
उनले यो विधीबाट क्यान्सर र एचआईभीको समेत सफल उपचार भईसकेको भएपनि त्यो नदेखिने भन्दै अपाङ्गता भएकाहरुमा भने यसको प्रभाव तत्कालै देखिने बताए ।
उनले यसकोलगि केही समय अघि वितरण गरिएको १५ सय खुत्रुकेबाट संकलित रकमको उपयोग गरिने बताए ।

0 comments:

Post a Comment