काठमाडौं,असार १५ । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलवीच भूकम्प पीडितलाई घर निर्माणका लागि पहिलो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने सहमति भएको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार बिहान बसेको शीर्ष नेताहरुबीच भएको बैठकमा उक्त सहमति भएको हो। भूकम्प पीडितलाई एकमुष्ट रकम दिन माग गर्दै कांग्रेसले पटक पटक सदन अवरोध गर्दैआएपछि सरकार पहिलो किस्तामा नै १ लाख ५० हजार तयार भएको हो । दोस्रो किस्ता ५० हजारको हुनेछ । उक्त सहमति पछि अब संसदको अवरोध हट्ने भएको छ ।


0 comments:
Post a Comment