काठमाडौं,असार १५ । कृषिमन्त्री हरिबोज गजुरेलले करुवाले पानी हालेर गमलामा रोपाईँ गर्दै असार १५ मनाएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद् पुगेका मन्त्री गजुरेलले गमलामा धान रोपेर असार १५ को धान दिवस मनाएका हुन् ।
कार्यक्रमको शुभारम्भमा कृषिमन्त्रीले गमलामा धान राृप्दा मन्त्रालयका एक कर्मचारीले करुवाबाट पानी हालेर उनलाई सघाएका थिए । गमलामा धान रोपेसँगै देशमा कृषिलाई निर्वाहमुखीबाट व्यवसायीकरण गर्न आधुनिकिकरणमा जोड दिनुपर्ने बताए।


0 comments:
Post a Comment