राष्ट्रपतिबाट शिक्षा ऐन आठौं संशोधन विधेयक प्रमाणिकरण

By

काठमाडौं,असार १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा ऐन (आठौं संशोधन) विधेयक, २०७३ प्रमाणिकरण गर्नुभएको छ । व्यवस्थापिका संसदले गत जेठ २२ पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइएको सो विधेयक राष्ट्रपति भण्डारीले बुधबार प्रमाणिकरण गर्नुभएको हो ।

‘व्यवस्थापिका संसद बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको शिक्षा ऐन (आठौं संशोधन) विधेयक, २०७३ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको छ,’ राष्ट्रपति कार्यालयबाट बुधबार जारी बिज्ञप्तिमा लेखिएको छ ।

0 comments:

Post a Comment