बालुवाटारमा बूढा मन्त्री र तन्नेरी कार्यकर्ताको बाझाबाझ

By

काठमाडौं,असार १५ । बूढा मन्त्री र तन्नेरी कार्यकर्ताको एकैपटक बाझाबाझ । अस्ति सोमबार, राति ११ बजेदेखि बालुवाटारमा यस्तो चल्यो, सकिँदा भोलीपल्ट अर्थात्, अस्ति विहान १ बजिसकेको थियो । मन्त्रालय बाँडफाँडदेखि नै असन्तुष्ट रहँदै आएका खेलकुद मन्त्री सत्यनारायण मण्डल मध्यरात प्रधानमन्त्री केपी ओलीसँग भन्दै थिए, ‘आखिर म मधेसी न परेँ । एउटा मधेसीलाई मन्त्री बनाएको छु भनेर भाषण त गर्नुहुन्छ, तर ममाथि भएको अपमान टुलुटुलु हेरेर बस्नुभएको छ । कतिपल्ट भनिसकेँ मलाई न्याय दिनुस् कमरेड । न्याय नदिनु पनि अन्याय हो । तपार्ई पनि मधेसीमाथि अन्याय गर्न पछि पर्नु भएन,आजको जनआस्था साप्ताहिकमा खबर छ ।

यसरी यी बृद्ध मन्त्रीको पारो छुट्नुको कारण थियो, त्यही दिन दिउँसोको एउटा घटना । अमेरिकी राजदूत एनाइना बी टेप्लिजले शिष्टाचार भेटका लागि तीन दिनअघि परराष्ट्र मन्त्रालय हुँदै खेलकुद मन्त्रालयमा पत्राचार गरेकी थिइन् । सोमबार बिहानबाट बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहेको थियो । प्रदेश संयोजक छान्ने विषयमा लफडा चल्दा बैठक लम्बियो ।

0 comments:

Post a Comment