अमेरिकी इडिभीको नतिजा सार्वजनिक, नेपालबाट को-को परे ? (हेर्नुस् रिजल्ट)

By

काठमाडौं, २१ वैशाख । अमेरिकी इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा मंगलबार राति सार्वजनिक भएको छ ।

अमेरिकन ड्रिम अर्थात भाग्यमानीहरुले सहजै अमेरिकामा स्थाई बसोबास गर्न पाउने इडिभीको नतिजा मंगलबार राति १० बजे सार्वजनिक भएको हो ।

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार मंगलबार रातिदेखि २०१७ का लागि इडिभी भरेकाहरु मध्ये भाग्यमानीहरुको नाममा अर्थात तपाईको नाम परेको छ वा छैन इडिभी सार्वजनिक गरिएको नतिजा हेर्न सक्नु हुनेछ ।

यसअघि ड्राइभर्सिटी २०१७ का लागि गत वर्षको १ अक्टोवरदेखि ३ नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो ।

यस वर्षको नतिजामा धेरै नेपालीलाई डिभी परेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

यसरी हेर्नुस् नतिजाः

काठमाडौंस्थित अमेरिकी दूतावासले  डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने स्पष्ट पारेको छ । नेपालमा सोमबार देखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) केन्द्रको फोन नं:१-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिनेछ । अमेरिकामा रहनेहरुले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्ने दूतावासले जनाएको छ । निवेदकहरुले support-nepal(at)ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सक्ने छन् ।

दूतावासले डिभी विजेतालाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउने भएकाले त्यस्ता इमेलको विश्वासमा नपर्न सचेत गराएको छ । साथै भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउन भन्दै कुनैपनि व्यहोराको ईमेल, चिठ्ठी या अन्य अनुरोध नपठाउने पनि प्रष्ट पारेको छ ।

को–कोलाई पर्यो डिभी ? (हेर्नुस् तलको लिंकमा)

http://1.usa.gov/1Tim94I

अधिकतम ३ हजार पाँच सय नेपाली अमेरिकाका जान पाउने

कति नेपालीलाई यस बर्ष डीभी पर्यो अहिले सम्म जानकारी आएको छैन । तर, एक पटकमा एउटा देशका लागि ३ हजार ५ सयको सिमा तोकिएको छ । यो भन्दा बढीले अमेरिका जान पाउंदैनन् ।

नेपालमा डीभी अत्याधिक लोकप्रिय छ । प्रत्येक बर्ष हज्जारौंले डीभी फारम भर्दै आएका छन् । प्रतिव्यक्ति जनसंख्याका आधारमा डीभी भर्ने देशमा नेपाल निकै अगाडी पर्छ । डीभी परेर अमेरिका आउनेको संख्या पनि उल्लेख्य छ ।

डीभी पर्नेले १२ कक्षा उतिर्ण हुन पर्छ । दुई वर्ष कार्य अनुभवका आधारमा पनि अमेरिका डीभीका लागि योग्य हुन सक्छन् । डीभीमा ६ भौगोलिक क्षेत्रका देशले सहभागी हुन पाउने गरि छ्टयाईएको छ । तर, एउटा देशवाट बर्ष वा पटकमा ७ प्रतिशत अर्थात ३ हजार ५ सयले मात्र अमेरिका जान पाउने गरी सिमा तोकिएको छ ।

डीभीमा प्रकृया अनुसार फारम भर्नेलाई कम्युप्टरकृत चिठ्ठा मार्फत छानिने गरिन्छ । यसमा कुनै शुल्क तिर्नु पर्दैन । डिभी परेपछि अमेरिकी राजदूतावासले भने अनुसार प्रकृया पुरा गर्नु पर्छ । अमेरिकामा जानेले त्यहां बसोवासका लागि भने आफैं व्यवस्था गर्नुपर्छ ।

भारत, चीन, मक्सिको जस्ता अमेरिकामा अप्रवासी धेरै भएका देशका वासिन्दाले डीभीमा सहभागी हुन पाउंदैनन् । युरोप र अफ्रिकाका धेरै देशले डीभीमा सहभागी हुन पाउंछन् । डीभीका लागि तोकिएको सख्या मध्ये यी क्षेत्रका देशको ८० प्रतिशत हिस्सा हुने गरेको छ ।

डीभी अमेरिकामा स्थायि वसोवासका लागि चाहिने ग्रिन कार्ड र अमेरिकी नागरिक हुने सवैभन्दा सजिलो माध्यम हो । ग्रिनकार्ड पाएको पांच बर्षमा तोकिएको फारम भरी समान्य परिक्षा पास गरेपछि अमेरिकी नागरिक हुन पाइन्छ । अमेरिकी नागरिकता लिए पछि उक्त देशको पासपोर्टमा विश्व भ्रमण गर्न पाइनुका साथै मतदान गर्न लगायतका विविध सुविधा पाइन्छ । तर, हाल भईरहेको नेपाली नागरिकता भने त्याग्नु पर्ने हुन्छ ।

-dainiknepal

0 comments:

Post a Comment