काठमाडौं,बैशाख २२ । बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठक सकिएको छ। बैठकले सत्तारुढ दलको बैठकले सहयात्री प्रमुख दल एकीकृत नेकपा (माओवादी) लाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर लैजाने निर्णय गर्दै प्रमुख साझेदार एमाओवादीलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । उनका अनुसार एमाओवादीसहित अहिले पुनःसत्तारुढ दलको बैठक चलिरहेको छ । यसअघि सत्तारुढ दलको बैठकमा एमाओवादी सहभागी भएको थिएन ।


0 comments:
Post a Comment