एमाओवादी संसदीय दलमा प्रश्न-‘अध्यक्ष दाहाल खै’

By

काठमाडौं,बैशाख २५ । एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी सभासदहरु निर्धारित सममा उपस्थित भइसकेका थिए । सिंहदरबारस्थित संसदीय दल कार्यालयमा उनीहरुले अधिकांश समय दलका नेता तथा पार्टी अध्यक्ष पुष्कमल दाहालको कुर्सितिर निरन्तर आँखा लगाइरहे ।

उनीहरु सायद चार दिनयता नेपालको राजनीतिमा उठकेका प्रश्नहरुको उत्तर दाहालकै मुखबाट सुन्न चाहन्थे । तर उनीहरको यो चाहना पूरा हुन पाएन । अध्यक्ष दाहाल उपस्थित नै नभई करिब एक घन्टा चलेर संसदीय दलको बैठक सकियो । बैठक अवधिभर उनीहरुले एकआपसमा खासखुस गर्दै प्रश्न गरे-‘अध्यक्ष दाहाल खै ?’आजको अन्नपूर्णमा समाचार छ ।

0 comments:

Post a Comment