काठमाडौं,बैशाख २५ । प्रस्तावित राष्ट्रिय चिकित्सा ऐनले मुलुकमा केही दशकसम्म निजी क्षेत्रको लगानीमा नयाँ मेडिकल तथा नर्सिङ कलेज सञ्चालनमा रोक लगाएको छ। सरकारले गठन गरेको उच्चस्तरीय चिकित्सा शिक्षा आयोगले तयार गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७३’को मस्यौदा जस्ताको त्यस्तै संसदबाट पारित भए मुलुकमा अब लामो समयसम्म निजी क्षेत्रबाट नयाँ मेडिकल कलेज तथा निर्सिङ कलेज स्थापना हुने छैनन्।
आसयपत्र लिएर सञ्चालनका लागि ठिक्क परेका भनिएका मेडिकल कलेजलाई समेत ऐनको मस्यौदाले रोक लगाएको छ। एेन लागू भए जथाभावी सञ्चालनमा आएका कलेजलाई पनि टिक्न हम्मे पर्नेछ।
त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीको पटकपटकको अनशनपछि त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदनले सिफरिस गरेअनुसार बनेको उक्त अायाेगले तीन महिनामा तयार पारेको एेनको मस्याैदामा काठमाडाैं,भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज सञ्चालनका लागि आसयपत्र समेत नपाउने व्यवस्था गरिएको छ। त्यसपछि अायसपत्रका अाधारमा अावश्यक मापदण्डअनुसार काम पूरा गरेर सम्बन्धन पाउन कलेजहरुलार्इ वर्षाैं लाग्नेछ। अन्नपूर्ण पोस्टमा समाचार छ।


0 comments:
Post a Comment