ल्हारक्याल लामाको ‘नालीबेली’ खोतल्दै प्रहरी

By

काठमाडौं,चैत २ ।  लकरमा गोली राखेको अभियोगमा पक्राउ परेका एमाओवादी सांसद ल्हारक्याल लामाको विगतको सम्पुर्ण पृष्ठभूमी प्रहरीले खोतल्न थालेको छ । बैकको लकरसम्म गोली करसरी पुग्यो भन्नेमा केन्द्रीत रहेको प्रहरीले उनको बिगतलाई आधार मानेर अनुसन्धान अगाडी बढाएको आजको राजधानी दैनिकमा समाचार छ । अत्यन्तै गोप्य रुपमा महानगरिय प्रहरी परिसर काठमाडौले उनीसँग सम्बन्धी बिवादित विषयबारे अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानबाट केही प्रमाण जुटाएपछि मात्रै लामासँग बयान लिने प्रहरीको योजना छ ।  सोही कारण साथीका लागि लकरमा गोली राखिदिएको बताउने ल्यारक्याल लामासँग प्रहरीले सोमबार कुनै बयान लिएन । सुरुमै उनको घरमा प्रहरीले छापा मारेको भएपनि सामान फेला पर्न सकेको छैन ।

0 comments:

Post a Comment