काठमाडौं,चैत २ । भारतको अघोषित नाकाबन्दी पछि उत्तरी छिमेकी चीनबाट इन्धन आयात गर्न चाहेको सरकारले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा बेइजिङसँग इन्धन किनबेच सम्झाैता गर्ने तयारी गरेको छ । इन्धनमा हालसम्म भारत निर्भर मुलुकले जुनसुकै देशमा जानसक्ने नीति लिएसँगै चीनबाट इन्धन ल्याउने सम्झौताको तयारी भइरहेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका बेला चीनसँग इन्धन खरिद बिक्री सम्झौताको प्रस्ताव लगिने वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले बताए । मुलुकमा खपत हुने एक तिहाइ हिस्सामा भारतको बिकल्प खोज्ने निर्णय सरकारले गरेको छ ।
प्रधानमन्त्रीको भ्रमणमा इन्धनभण्डारण स्थल बनाउन पनि चीसन्ग सहयोग मागिने छ । आयल निगमले तीन ठाउँमा भण्डारण स्थल बनाउन परियोजना यस अघिनै तयार गरेको थियो ।आजको नागरिक दैनिकमा समाचार छ ।


0 comments:
Post a Comment