काठमाडौं,चैत २ । सरकारले संघीयताको नयाँ सीमांकनअनुसार विभाजन गरिएका सातै प्रदेशमा एक-एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । यसको नीतिगत निर्णयका लागि उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रस्तावमा सबै प्रदेशमा हजार बिघा क्षेत्रफलभन्दा बढी जमिनको पहिचानसमेत गरी प्रक्रिया अघि बढाउन स्वीकृति मागिएको छ । मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेमा सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र थपिनेछन् ।
उद्योगमन्त्री सोमप्रसाद पाण्डेका अनुसार संविधान निर्माणपछि मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन थप औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो ।
प्रदेश नम्बर १ मा झापाको दमक, २ मा सर्लाही, प्रदेश ३ मा हेटौंंडाको मयुधाप, प्रदेश ४ मा लेखनाथको पटनारी, पैदेश ५ मा बुटवलको मोतीपुर, ६मा सुर्खेत र जुम्ला तथा प्रदेश ७मा कञ्चनपुरको दैंजीमा ठूला औद्योगिक क्षेत्र स्थापना हुने उनले जानकारी दिए ।


0 comments:
Post a Comment