चैत्र ३ गते भित्र कांग्रेस केन्द्रीय सदस्य मतगणना सक्नैपर्ने

By

काठमाडौं,फागुन २८ । कांग्रेस केन्द्रीय सदस्यको मतगणनमा देखिएको सुस्तताले चैत ३ गतेभित्र निर्वाचन आयोगमा निर्वाचित केन्द्रीय कार्यसमितिको नामावाली पठाउनुपर्ने ‘डेडलाइन’ पूरा नहुने देखिएको छ । संविधानअनुसार कांग्रेसले चैत ३ गतेभित्र महाधिवेशन भएर चयन भएका पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयागेगमा पेस गर्नुपर्ने हुन्छ । आजको अन्नपूर्णमा समाचार छ ।

निर्वाचन समितिको अव्यवस्था र सुस्तताका कारण महाधिवेशन सम्पन्न भएको तीनदिनसम्म पनि पाँच सय मत गणना हुन सकेको छैन ।

चैत ३ गतेभित्र महाधिवेशन भएको जानकारीसहित निर्वाचित पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेस गुर्नपर्ने प्रावधान छ, निर्वाचन आयोगका सचिवन शारदाप्रसाद त्रितालले जनाए ।

कांग्रेसले तीनपटकसम्म कार्यसमितिको म्याद थप गरी साढे पाँच वर्षसम्म लम्ब्याएको थियो । संविधानमा कुनै पनि राजनीतिक दलले बढीमा साढे पाँच वर्षभित्र महाधिवेशन सम्पन्न गरेर पदाधिकारी र सदस्यको चयन गुर्नपर्ने प्राबधान छ ।

0 comments:

Post a Comment