चीनबाट ग्यास ल्याउँदा भारतबाट भन्दा सय रुपैयाँ सस्तो

By

काठमाडौं,फागुन २८ ।  भारतले हाल दिइरहेको ग्यासको तुलनामा चीनबाट ल्याउँदा प्रतिसिलिन्डर सय रुपैयाँ सस्तो पर्ने देखिएको छ । आपूर्ति मन्त्रालयका सहसचिव उत्तम नागिलाको नेतृत्वमा चीन गएको टोलीले गरेको अध्ययन अनुसार नेपालले सस्तोमा ग्यास पाउने देखिएको छ ।

चिनियाँ कम्पनी साइनो प्याक्सले भारतको भन्दा कम मूल्यमा ग्यास प्रस्ताव गरेको छ ।  साइनो प्याक्सले प्रतिकिलो ग्यास ३.५ चिनियाँ युआन (९५८ रुपैयाँ) मा दिन सकिने प्रस्ताव नेपाललाई गरेको छ । यो चीनको स्थानीय करसहितको मूल्य हो । प्रतिसिलिन्डर अर्थात १४ं२ किलो ग्यासलाई ८ सय २३ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेशन रक्सौलमा प्रतिसिलिन्डर ग्यासको मूल्य ९ सय २२ रुपैयाँ पर्छ । कारोबार दैनिकमा समाचार छ।

0 comments:

Post a Comment