सुनको भाउ घट्यो

By

काठमाडौं,चैत १८ । सुनचाँदीको भाउ ओरालो लागेको छ । बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ५४ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । सोमबार ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार स्थिर थियो र बुधबार भने ३ सयले बढेर ५४ हजार ५ सय रुपैयाँ पुगेको थियो। यस्तै बिहीबार चाँदीको पनि तोलामा १० रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

0 comments:

Post a Comment