काठमाडौ,चैत १९ । राजधानीको भृकुटीमण्डमा १९ औ पुष्पप्रर्दशनी सुरु भएको छ । बिहिबार राजधानीमा आयोजित कार्यक्रममा कृषिविकास मन्त्री हरिबोल गजुरेलले सो मेलाको उद्घाटन गदै पुष्प व्यवसायको महत्व र आवश्यकता दिनप्रतिदिन बढ्दै गएको बताए । पछिल्लो समय पुष्पव्यवसायविस्तार्रै वामे सदै गएको भन्दै मन्त्री गजुरेलले कृषि क्षेत्रको विकासको लागियस क्षेत्रले महत्पुर्ण योगदान पु¥याउदै गएको बताए ।
पुष्प व्यवसाय प्रर्वद्धन गरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमाबजार विस्तार गर्नकोलागियसको प्रयाप्त सम्भावना रहेको छ, मन्त्री गजुरेलले भने‘पुष्पव्यापारबाट पनि राष्ट्रिय अर्थतन्त्रलाईबलियो बनाउन सकिन्छ ।’उनले अरुको अगाडि भीखमाग्ने मानसिकता नहटेसम्म नेपाल स्वाधिन र आत्मनिर्भर नहुने बताए । मन्त्री गजुरेले भने ‘नेपालीको मानसकिता नै गरिबी र पछौटेपनले गाँजेको छ यो मानसिकतामा सुधार नल्याएसम्म नेपालको अर्थ तन्त्रबलियो हुन सक्दैन ।’
कृषि क्षेत्रकाअन्यउपजहरुसँगै पुष्पउत्पादनमापनि बृद्धि गर्नुपर्ने मन्त्रालयको योजना रहेको उनले बताए । कृषि सचिवउत्तमकुमार भट्टराईले पुष्पको गुणस्तरमा विशेष ध्यानदिनुपर्ने बताए । उनले आगामीआर्थिक वर्षको बजेट तथा कार्यक्रम मार्फत पुष्प व्यवसायलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रमल्याउने गरिहेको बताए । पछिल्लो समय पुष्पव्यवसायआत्मनिर्भर बन्ने अवस्थामाआएकाले निर्यात प्रवद्र्धनकालागि सरकारी तवरबाट सहयोग गरिने बताए।
नेपालउद्योग बाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्षभवानी राणाले पुष्पव्यवसायको प्रवद्र्धन गर्न सरकारले कृषिकाअन्य क्षेत्रजस्तै र्बैकबाट सहुलियत दरमा ऋण तथाबीमाको उपलव्धगराउनुपर्ने बताइन । पुष्पव्यवसायमार्फत स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेर वैदेशिकजाने युवायुवातीलाई स्वदेशमै रोजगारीको सिर्जनागरिनुपर्ने बताइन ।
पुष्पव्यवसायलाई औधोगिकरणमा परिणत गर्न सके यसले दिगो आर्थिक विकासमा पु¥याउन सक्छ उनले भनिन,‘निजी क्षेत्र विकासकालागि अग्रसर भएको बेला सरकारले पनिहातेमाले गर्नु आवश्यक छ ।’
व्यापार तथानिकासी प्रवद्र्धन केन्द्रकाकार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले पुष्पमहत्वसवले मुलुकको आन्तरिक उत्पादनलाई प्रोत्साहनगर्नुका साथै अन्तराष्ट्रिय बजारलाई पनिविस्तार सघाउ पु¥याउने बताए । पुष्पव्यवसायनिर्यात प्रर्वद्धनका लागिउत्पादन र गुणस्तरमाविशेष ध्यानदिनुपर्ने बताए ।
फ्लोरिकल्चर एशोसिएसनका नेपाल(फयान)काकार्यबाहकअध्यक्षदिलिपबादेले पुष्पव्यवसायको प्रवद्र्धन र बजार विस्तार गर्ने उदेश्यका साथ मेलाआयोजनागरिएको बताए । स्थानीयउत्पादनले पुष्पव्यवसायआत्मनिर्भर बन्दै गएकाले जनशक्ति र पुर्वाधारको कमी ले गर्दा अन्तराष्ट्रिय बजार विस्तार गर्ननसकिएको बताए । स्वदेशमै अन्तराष्ट्रिय स्तरको प्रर्दशनीकक्ष स्थापनागर्न सरकारले जग्गाउपलव्ध गराएपनिअहिले सम्मकाम अगाडि बढ्न नसकेको भन्दै उनलेपुष्पव्यवसायमालगानीगर्न स्वदेशीविदेशीलगानीकर्ताहरु इच्छुक रहेपनिलगानी मैत्रीबातावरण नहुँदालगानीकर्ता आकर्षित बन्न सकेका छैन ।
‘स्वच्छवातावरण र आर्थिक सम्बृद्धिको लागिपुष्पव्यवसाय’भन्ने मुलनाराका साथबिहिबार देखि सुरु भएको मेलामाविभिन्नप्रकारकाफूलहरु प्रर्दशीमा राखिएको छ । मेलामामौसमीफूल, आलङकारिक बोटविरुवा, कटफलावर, ड्राई फलावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गाना, बीउविजन, कृषिऔजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथाथोपासिचाईप्रविधि र विषाधीकाप्रर्दशनीतथाविक्रिकक्ष राखिएको छ । मेला ६ वटा अफिसियल स्टल, प्रतियोगितात्मकप्रर्दशनीकालागि ३, ल्यान्ड स्केपिङकालागि ४ र व्यवसायकि स्टल ५१ गरी कुल ६४ वटा स्टल राखिएको छ ।
फ्यानकाअनुसारआर्थिक वर्ष २०७१÷७२ मा १ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको थियो । सोहीआर्थिक वर्षमा १० करोड बराबरको पुष्पतथापुष्पजन्यवस्तुको आयातभएको थियो । सोहीअवधिमा ३ करोड भन्दा बढीको निर्यात भएको थियो ।
पुष्पव्यवसायक्रमिक रुपमाविस्तार हुँदै गएको छ ।हाल ३८ जिल्लाको ६ सय ७५ नर्सरीबाट पुष्पउत्पादनभइरहेको छ । करिब एक सय ४१ हेक्टर क्षेत्रफलमापुष्प खेतिविस्तार भएको छ । यस व्यवसायबाट प्रत्यक्षअप्रत्यक्ष रुपमा ४१ हजार भन्दा बढी सर्वसाधारणले रोजगारी पाएको छ ।
मेलामा ६० लाख रुपैयाँको कारोबार र ६५ हजार हजारले अवलोकनगर्ने आयोजकको अनुमान छ ।यसैबीचउद्घाटनको अवसरमाउत्कृष्ट स्टल, उत्कृष्ट ल्यान्ड स्केप,उत्कृष्ट मौसमीफूल, उत्कृष्ट आलङकारिक विरुवा, उत्कृष्ट फूल्ने विरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृट कट फलावर रोज, उत्कृष्ट कट फलावर कार्नेसन, उत्कृष्ट कलफलावर जर्वेरा, उत्कृष्ट ग्लाडिओलय लाई सम्मानतथाकदर पत्रवितरण गरिएको छ ।


0 comments:
Post a Comment