लागु औषध गाँजासहित पक्राउ

By

धादिङ,चैत ३ ।नैबिसे–१ बस्ने ४६ वर्षीय राजी खत्री र सोही स्थान बस्ने ६४ वर्षीया काइलो खत्रीलाई लागूऔषध गाँजासहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । गाँजा बिक्रीबितरण गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरीले उनीहरुको घरमा खानतलासी गर्दा राजीको घरबाट करीब ४ के.जी. ६ सय ग्राम र काइलोको घरबाट करीब २ के.जी. ६ सय ग्राम गाँजा बरामद भएको थियो ।

0 comments:

Post a Comment