हारेकालाई मनोनित नगर्न सिहंको आग्रह, देउवा भन्छन् -‘कसैमाथि अन्याय गर्दिन’

By

काठमाडौं,चैत ३ । नेपाली कांग्रेसको पदाधिकारीमा उठेर हारेकालाई केन्द्रिय समितिमा मनोनित नगर्न नव निर्वाचित केन्द्रिय सदस्य प्रकाशमान सिंहले आग्रह गरेका छन् । पदाधिकारीमा उठेर हारेका सबैलाई केन्द्रिय सदस्यमा मनोनित नगर्न सभापति शेरबहादुर देउवालाई उनले आग्रह गरेका हुन् । राजधानीमा आयोजित काठमाडौं कांग्रेसले आयोजना गरेको नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सम्मानमा आयोजित कार्यक्रममा सिंंहले यस्तो कुरा बताएका हुन् ।

हारेका सबैलाई पदाधिकारी मनोनित गर्दा पार्टिमा गुट झन् बढेर जाने सिंहको तर्क छ । १३ औं महाधिवेशनले झनै गुटको संख्या बढ् भएकाले ब्यवहारिकता हेरर अगाडि बढ्न उनले सुझाव दिएका हुन् । त्यस्तै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा कसैलाई पनि अन्याय नगर्ने प्रतिवद्धता जनाएका छन् ।बधाई कार्यक्रममा उनले कुनै कालखण्डमा कांग्रेस पार्टी दुईवटा भएपनि अव एक ढिक्का हुने बताए । त्यस्तै कार्यक्रममा कांग्रेस महामन्त्री डाक्टर शशांक कोईरालाले पार्टी संगठनलाई मजबुत बनाउन पनि साठी चालिसको भागवण्डाको अन्त जरुरी भएको बताए ।

0 comments:

Post a Comment