पप्पु गुरुङ-कञ्चनपुर,फागुन २८ । सिमानामा दुई देशको सिमा सुरक्षा बल बिचम मासिक तथा अद्र्धमासिक सिमा गस्ती प्रभावकारी हुदै आएको बताईएको छ् । सिमा क्षेत्रमा हुने लुटपाट तथा अपराधिक क्रियाकलापमा कमी आएको दुबै देशको सुरक्षा अधिकारीहरुको दाबी रहदै आएको छ् । सीमामा दुई पक्षिय संयुक्त गस्ती पछि तनाव घटेको छ ।
पटक–पटक सीमावर्ती क्षेत्रकाा नेपाली माथि गरिने दुव्र्यवहार, सीमा अतिक्रमण बिबाद र चोरी तस्करी आरोपमा हुने घटना कम भएको कञ्चनपुरको दोधारा चाँदनीका सीमावर्ती बासिन्दाले बताएका छन् । दोधारा चाँदनीको वडा नं.१ जिरो पोईन्ट देखि दोधारा चाँदनीको वडा नं. १० कुतियाकवर हुदै आरक्ष क्षेत्र सम्म सशस्त्र प्रहरी र भारतिय सिमा सुरक्षा बल एसएसबीको नियमित गस्तीले सिमा क्षेत्रको अपराधिक कृयाकलापमा न्युनिकरण आएको जानकारहरु बताउछन् ।
नेपालको सशस्त्र प्रहरी र भारतीय एसएसबीले गर्ने नियमित संयुक्त गस्तीले सीमा अपराध र विवादका घटना कमी आएको स्थानिय राजनितिककर्मी किशोर कुमार लिम्बु बताउछन् । सयुक्त गस्तिलाई निरन्तरता नआए पनि फेरि स्थानिय स्तरमा दुबै देशका सुरक्षा अधिकारीहरुको सहमतीमा आवश्यक परेको बेला सयुक्त गस्ति संचालन गर्दैआएको बताईएको छ् ।
सीमामा तैनाथ एसएसबीले नेपाली प्रतिको नकारात्मक दृष्टिकोण्ँमा क्रमशः सुधार ल्याएको स्थानिय किशोर कुमार लिम्बु बताउछन् । अन्तर्राष्ट्रीय सीमामा हुने सशस्त्र प्रहरी बल र एसएसबीको नियमित गस्तीले सीमामा हुने विवादलाई आपसी सहयोगको आधारमा स्थानिय स्तरमा समाधान गर्दै आएको सुरक्षा दुबै सुरक्षा निकायको दाबी छ ।
महिनामा दुई पटक र आवश्यक परे जुनसुकै बेला संयुक्त गस्ती गर्ने गरी नेपाल र भारत सिमा सम्बन्धलाई मजबुत बनाएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका सशस्त्र प्रहरी निरिक्षक शंकर सिंह धामीले बताएका छन् । सीमा अतिक्रमण, लागू औषधी ओसारपसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, सामान्य विवाद लगायत अपराध नियन्त्रणमा आएको उल्लेख गर्दै सशस्त्र प्रहरी निरिक्षक धामीले भने, “गस्तीमा सीमा स्तम्भको नियमित अनुगमन गरिएको छ् ।”
संयुक्त गस्तीले सीमामा अपराध गर्नेको मनोबलमा कमी आएको सुरक्षाा अधिकारीको दाबी छ । पिल्लर नं। १४ भारतिय सिमा सुरक्षा बल (एससबी) झ्प्पुझाला बिओपीका का सई तथा बिओपी कमान्डर जि।डि। भागमलले नेपाल–भारतका संयुक्त सुरक्षा गस्तीले आपराधिक गतिविधि कमी ल्याएको दाबी गरे । जाली नोट, आईएसआई गतिविधि, लागूऔषधी, मानव तस्करी रोकिएको उल्लेख गर्दै उनले भने, “भारतीय सीमामा लुकेर नेपालमा आतंक फैलाउने गतिविधि समेत निस्तेज पारिएको छ ।”
नेपाली प्रति भारतीय सुरक्षाकर्मीको व्यवहारमा परिवर्तन आएको एसएसबीका अधिकारीले पनि स्विकारेका छन् । भारत सरकारले आतंकवादी गतिविधि, जाली नोट, अवैध हातहतियार ओसारपसार, लागूऔषधी, मानव बेचबिखनलगायत अपराध नियन्त्रषका लागि नेपाल सँग जोडिएको दोधारा चाँदनीको खुला सिमानामा एसएसबी तैनाथ गरेको हो ।
नेपालमा चर्केको माओवादी द्धन्द पछि भारतीय सीमामा निकै कडाइ भएको थियो । एसएसबी अधिकारीले सीमा अपराधमा संलग्न माथि कडाई गरिने बताए । सिमानाको बैठक, सयुक्त गस्ति तथा सहकार्य गर्न बिगतका एक वर्ष देखि गृह मन्त्रालय तथा युएनडिपीको सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनाले कार्यक्रम चलाउदै आएको छ् ।


0 comments:
Post a Comment