काठमाडौं,चैत १८ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आजबाट वीरगंजमा सुरु भएको छ। बैठकमा राप्रपा नेपालले सहअध्यक्ष केशरबहादुर विष्ट चने सहभागि भएका छैनन् । पछिल्लो समय विष्ट थापादेखि असन्तुष्ट छन्। विष्टले पार्टी सरकारबाट बाहिरिनुपर्ने बताउँदै आएका छन्।
वैठकले अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने छ । थापाको राजनीतिक कार्यपत्रमा भारत र चीन भ्रमणको समिक्षा, पार्टी भित्रको आन्तरिक कलह र मुलुकको पछिल्लो राजनैतिक अवस्था लगायतका विषय समेटिएका छन्। विष्टले पार्टी छाडेर लोकेन्द्रबहादुर चन्दसँग सहकार्य गर्ने मनसाय बनाएका छन्।


0 comments:
Post a Comment