सुर्खेत, चैत १८ । चैत महिनाको चर्को गर्मी । पसिनाले उनको शरीर निथ्रुक्क भिजेको छ । चाउरी परेका गालामा सडकबाट उडेको थुलो पोतिएको छ । ओठमुख सुकेका छन् । हत्केलामा ठेला उठेका छन् । उनको दायाँ हता राम्रोसँग चलाउन मिल्दैन । तैपनि च्यातिएको त्रिपालनजिक उनी सकिनसकी गिट्टी खरिदका लागि आएको ग्राहक ठानेर मोलमेलाई समेत सुरु गरिहाीलछिन् । शिविरमा कोही नयाँ मान्छे प्रवेश गर्ने बित्तिकै उनका आँखा त्यतैतिर जान्छन् । उनलाई लाग्छ गिट्टी खरिदका लागि आएको ग्राहक आएको हो कि ? तर शिविरमा छिरेको मानिस गिट्टीका लागि नआएको थाहा पाएपछि भने उनको अनुहारमा निराशाको धर्सा देखिन्छन् । सुर्खेतको गिरीघाटस्थित बाढीपिडितको अस्थायी शिविरमा देखिएको दृश्य हो यो । अन्नपूर्णमा खबर छ ।


0 comments:
Post a Comment