काठमाडौं,चैत १८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दै छ । वैशाखबाट पुनःआन्दोलनको तयारीमा जुटेको मोर्चा थप रणनिति बनाउन बैठक बस्न लागेको हो । बैठकमा आन्दोलनको भावी रणनीति, तथा विगतका आन्दोलनका बारेमा समिक्षा गरिने नेताहरुले बताएका छन् । आमहडताल र नाकाबन्दीको सर्वत्र विरोधपछि मोर्चाले माघ २५ गतेदेखि आन्दोलनका कार्यक्रम र्फिता लिएर बार्तामा सहभागि भएको थियो ।
यस अघिका पटक—पटकका बार्तामा सहमतिभएका बुँदाहरु सरकारी पक्षले कार्यान्वयनका बारेमा ध्यान नदिएको भन्दै मोर्चाले बैशाखले पुनः थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । बैठकमा समसामयिक राजनीतिक विषय, सचिवालयले तयार पारेको आन्दोलनको एजेण्डा र प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल केन्द्रित हुने छ ।
मोर्चाका नेताहरुले भारतिय राजदूत रणजित रायसंग भावी आन्दोलनबारे छलफल गरेपछि आन्तरिक बैठकमा बस्न लागेको हो । बैठकमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेबारे छलफल हुने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले जानकारी दिए ।


0 comments:
Post a Comment