काठमाडौं,चैत १ । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना अनुसार २५ जना खुला केन्द्रीय सदस्यहरूमा चार जना नयाँ अनुहार थपिएका छन् । खुलातर्फबाट केन्द्रीय सदस्यमा रमेश लेखक, विश्वप्रकाश शर्मा, धनराज गुरुङ र प्रदीप पौडेल निर्वाचित भएका हुन्।
प्रदीप पौडेल १७०६ मत,धनराज गुरुङ्ग १६९७ मत,विश्वप्रकाश शर्मा १६२० मत र रमेश लेखक १६७९ मत ल्याएर विजयी भएका हुन । लेखक, शर्मा देउवा पक्षका हुन भने गुरुङ्ग र पौडेल संस्थापन पक्षका हुन् ।


0 comments:
Post a Comment