काठमाडौं,चैत १ । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित महिला र मधेसी उमेदवारको संख्या न्यून रहेको छ । केन्द्रीय सदस्यमाको मत परिणम अनुसार महिला तर्फ सुजाता कोइराला १६१९ मत प्राप्त गरि १५ औं नम्बरमा रहेर एक्ली महिलाको रुपमा निर्वाचित भएकी छिन् ।
मधेसी उम्मेदार तर्फ बिमलेन्द्र निधि १६८० मत प्राप्त गरि केन्द्रीय सदस्यमा निर्वाचित हुने एकमात्र मधेसी उमेदवार बनेका छन् । मधेसी तर्फ अर्का उम्मेदार पद्मनारायण चौधरी ले १३०४ मत प्राप्त गरे। महिला तर्फ भने डिना महालक्ष्मी उपाध्याय ले १२४९ मत ल्याएकी उनी २९औं नम्बरमा रहिन्।


0 comments:
Post a Comment