केन्द्रीय सदस्य खुलातर्फ १४ जना देउवा पक्ष, ११ जना पाैडेल पक्षको विजयी (सूचीसहित)

By

काठमाडौं,चैत १ । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ। २५ जना खुला केन्द्रीय सदस्यहरूमा सभापति शेरबहादुर देउवा पक्षधर १४ जना र कार्यवाहक सभापति रामचन्द्र पैडेल पक्षका ११ जना निर्विचत भएका छन्। संस्थापन पक्षयका शेखर कोइरालाले १८४८ मतका साथ बढी मत ल्याएर जितेका हुन्। दोस्रो बढी मत ल्याएर देउवा पक्षका खुमबहादुर खड्का र तेस्रो बढी मत ल्याएर संस्थापन पक्षकै प्रकाशमानसिंह निर्वाचित भएका छन्।
नवनिर्वाचित सदस्यहरूः
देउवा पक्ष
खुमबहादुर खड्का, कूलबहादुर गुरूङ , प्रदीप गिरी, रमेश लेखक, बालकृष्ण खाँड, पूर्णबहादुर खड्का, बिमलेन्द्र निधि, विश्वप्रकाश शर्मा , शंकर भण्डारी, एनपी साउद, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, चन्द्र भण्डारी र प्रकाशशरण महत।
पौडेल पक्ष
डा। शेखर कोइराला, प्रकाशमान सिंह, प्रदीप पौडेल, धनराज गुरुङ, महेश आचार्य, बलबहादुर केसी, रामशरण महत, सुजाता कोइराला, बद्री पाण्डे, नारायण खड्का र मिनेन्द्र रिजाल। रहेका छन् । यसअघि आरक्षणतर्फको २२ जना केन्द्रीय सदस्यमा देउवा पक्षका १४ जना र पौडेल पक्षका ८ जना विजयी भएका थिए।

0 comments:

Post a Comment