काठमाडौं,फागुन ३ । १२ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको उपाधिका लागि नेपालले सोमबार आयोजक भारतसँग खेल्दैछ । नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन् ।
पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७:१५ बजे हुनेछ । त्यस्तै, नेपाल र भारतबीचकै महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४:१५ बजे हुनेछ । नेपालले १९९३ सागतर्फ फुटबलको स्वर्ण पदक जितेको थियो । १९९९ मा का काडठमाडौंमा भएको सागमा भने नेपाल बंगलादेशसँग १–० गोल अन्तरले स्तब्ध हुन पुगेको थियो ।
महिला तर्फ भने भारतसँग भएका पाँच खेलमा पराजित भएको नेपाली टोली यो पटक भने भारतलाई उसकै घरेलु मैदानमा हराएर स्वर्ण पदक जित्ने लक्ष्यका साथ मैदान उत्रने छ । सागमा दोस्रो पटक समावेस गरिएको महिला फुटबलमा नेपालले रजत पदक जितेको छ । सन् २०१० मा भएको प्रतियोगितमा भारतले नेपाललाई हराएर स्वर्ण जितेको थियो ।
पुरुष फुटबलअन्तर्गत शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–३ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा बङ्गलादेशलाई ३–० ले पाखा लगाएको थियो । त्यस्तै, महिलातर्फ दक्षिण एसियाका पाँच टोली ९नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का०मध्ये राउण्डरोबिनका आधारमा अङ्कतालिकामा नेपाल पहिलो र भारत दोस्रो हुँदै सिधै फाइनलमा प्रवेश गरेका हुन् ।


0 comments:
Post a Comment