बार्सिलोना ६–१ ले विजयी, स्वारेजको ह्याट्रिक

By

एजेन्सी,फागुन ३ । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोविरुद्ध शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ६–१ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे । यस्तै लियोनल मेस्सी, नेइमार र इभान रेकिटिकले एक एक गोल गरे । घरेलु मैदानमा बार्साका लागि लुइस सुआरेजले ५९, ७५ र ८२ औं मिनेटमा गोल गरे । खेलको २८ औं मिनेटमा गोल गर्दै बार्सालाई मुख्य फरवार्ड लियोनल मेसीले अग्रता दिलाएका थिए ।

३९औं मिनेटमा सेल्टाका जोहनले गोल फर्काए । मेसीले ८२औ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् । सोही बललाई सुआरेलज आफ्नो ह्याट्रिकको अस्त्र बनाए । सुआरेज पछिल्लो समय उत्कृष्ठ लयमा छन् । यस्तै, ८५औं मिनेटमा इभाँ राकिटिचले गोल गर्दा अन्तिम समय ९०औं मिनेटमा नेमारको पालो आयो । नेमारले एक गोल गर्दै ६–१ नतिजामा ल्याए । मेस्सीले आफ्नो नाममा नयाँ कीर्तिमान बनाउने गोल छाडेर स्वरेजलाई हृयाट्रिक पुरा गर्न दिए । उनले ला लिगामा बार्सिलोनाका लागि २९९ गोल गरिसकेका थिए र यो पेनाल्टी ३०० औं गोल हुने थियो ।
तर, मेस्सीले स्वार्थरहित फुटबलको नमुना प्रस्तुत गरे ।
जितपछि २३ खेलबाट बार्सीलोना ५७ अंक जोड्दै शीर्ष स्थानमा कायम छ । एक खेल बढी खेलेको एथ्लेटीको मड्रिडको ५४ अंक भएको छ । जिनेदिन जिदानको रियाल मड्रिडको ५३ अंक छ ।

0 comments:

Post a Comment