कांग्रेस महाधिवेशन: संस्थापन पक्ष ‘मियोविनाको दाइँ,बिना कार्यकर्ता सिटौलाको फुर्ती

By

काठमाडौं,फागुन ३ । नेपाली कांग्रेसको आगामि १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने इच्छा देखाउनेमा आधा दर्जन नेता छन् । त्यसो त सभापतिका आकांक्षी सुशिल कोइरालाको स्वर्गारोहण पछि संस्थापनमै उम्मेदवारीको भिड बढेको छ । सभापति लागि संस्थापन पक्षबाट रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवाको नाम चर्चामा चुलीएको अवस्था हो । सभापति सुशील कोइरालाको निधनपछि पौडेल संस्थापन पक्षको साझा उम्मेदवार हुने आंकलन भईरहेको छ ।

कांग्रेसमा संस्थापनको को

नेपाली कांग्रेस भित्र संस्थापनको नेता को भन्ने बिषयमा छलफल चलिरहेको अवस्था छ । सुशिल कोइरालाको स्वर्गारोहण पछि एकले अर्कालाई स्विर्कान नसकेको अवस्था छ ।

महाधिवेशनको मुखमा सभापति कोइरालाको निधन भएपछि कांग्रेस संस्थापन पक्षको राजनीति ‘मियोविनाका दाइँ’ जस्तै रलमलमा रल्लिएको छ ।

आफ्नो समूहको नेतृत्व कसले गर्ने भन्ने छलफलमा यो समूह लागेको छ । कार्यबाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह , सशांङ कोइराला , शेखर कोइराला, सुजाता कोइराला , कृष्ण सिटौला ,डा। रामशरण महतलगायत उनीहरू एक–अर्कालाई स्वीकार गर्ने पक्षमा छैनन् ।
सुशिल कोइरालाको निधन भएकै दिन कोइरालाको कुर्सी पौडेलले समाए पछि संस्थापन समुहमा तिक्तता बढेको हो । सुशील कोइरालाको निधनपछि उपसभापति रामचन्द्र पौडेल स्वतह कार्यबाहक सभापति भएका छन् ।

उनले कोइरालाको निधनलगत्तै गत मंगलबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनी असहज रूपमा प्रस्तुत भएको टिप्पणी कांग्रेस नेताहरूले गरेका छन् ।

पार्टी कार्यालयको आागनमा कोइरालाको शव थियो, भित्र बसेको बैठकमा पौडेल सभापतिको कुर्सीमा बस्न हतारिए जस्तो छनक देखाए पछि संस्थापनका नेताहरु चिन्तीत बनेका हुन् ।

सभापतिको नेमप्लेट हटाएर उनी कुर्सीमा बसेपछि सदस्यले असहज मानेको एक नेताले न्यूज अभियानलाई बताए ।

संस्थापनको सकस

अधिवेशनको नतिजा आएका जिल्लाका अधिकांश सभापति संस्थापन पक्षका छन् । सुशील कोइराला बितेपछि भावनात्मक रूपमा एक भएर उभिनुपर्ने नेता कार्यकर्ताको दबाब पनि छ । देउवा खेमाको जस्तो एउटै नेता सभापतिको साझा उम्मेदवार छान्न सकस छ । पौडेल, महामन्त्री प्रकाशमान , सशांङ , शेखर , सुजाता , कृष्ण ,रामशरण बाहेक अर्जुननरसिंह केसी, गगन थापासहितलाई साथमा लिएर अघि बढ्न संस्थापनलाई चुनौती छ ।
यता नेता शेरबहादुर देउवा सभापतिका एक्लो दाबेदार भए पनि उनलाई पनि थाल खाउँकी भात खाउँ जस्तै भएको छ । संस्थापनलाई कम्जोर गराउन उनी निक्कै कस्सिएका छन् ।

संस्थापन पक्ष र मधेस भोट केन्द्र मानिएका पूर्व राष्ट्रपति रामवरण यादवलाई समेत पटक पटक भटेका देउवाले १३औं महाधिवेशन नजिकिदैँ गर्दा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई अहिले सम्म मिलाउन सकेका छैनन् ।

संस्थापन पक्षका नेता आफूतिर तान्ने रणनीतिमा देउवा

संस्थापन पक्षमा देखिएको खिचातानीको फाइदा उठाउँदै देउवा पक्ष उनीहरूलाई आफूतिर तान्ने रणनीतिमा छ । कोइरालाको निधनपछि देउवालाई त्यसका लागि सजिलो पनि भएको छ ।

‘विभिन्न नेतासँग कुराकानी गरिरहेका छन् । एक्ला एक्लै कुरा गरेर फकाउने बानी देउवाको पुरानो बानी हो । शेरबहादुरले नेता फकाउने काम आफैँ गरिरहेका छन् । उनले जस्लाई पनि ब्यक्तीगत रुपमा एक्लै भटेर जे पनि हुन्छ भन्छन् तर पछि गर्दैनन् एक देउवा पिडितले भने ।

खुमबहादुर खड्का, बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, डा। प्रकाशशरण महतलगायतका नेतालाई पदाधिकारीमा समेट्न देउवालाई चुनौती छ न्युज अभियानले समाचार लेखेको छ । त्यसो त खुमबहादुर खड्कासगँ समुह नै भएकाले कसरी मिलाउने देउवा चिन्तामा छन् ।

कम्जोर वार्गेनिङ्को दौडमा सिटौला

सभापतिको उम्मेदवार हु भन्ने मध्ये सबै भन्दा कम्जोर र वार्गेनिङ्को दौडमा छन् मनोनित महामन्त्री कृष्णप्रसाद सिटौला । गृह जिल्ला झापा भन्दा माथि उठ्न नसकेका सिटौलाको कांग्रेस केन्द्रीय समिति बाहेक कुनै पनि पदमा भोट नआउने एक नेताले बताए । त्यसो त यस पटक गगन थापा, चन्द्र भण्डारी लगायतका यूवा नेताहरुलाई पनि नेतृत्वले समेट्न जरुरी छ । त्यसै गरि विवादित छबिका नेता धनराज गुरुङजस्ता केहिलाई पन्छाउन पनि आवस्यक रहेको १३औँ महाधिवेशनका लागि निर्वाचित भएर आएका एक जिल्ला सभापतिले भने ।

गगनलाई देखाउदैँ खेल्दै केसी

यूवा नेता गगन थापालाई देखाउदैँ संथापन र देउवा खेमामा भागबन्डाको राजनीति गरिरहेका अर्जुननसिंह केसी पनि यति बेला चिन्तामा छन् । आफु जता गयो उतै गगन जाने बताएका केसीसगँ स्वयम् गगन समेत सन्तुष्ट छैनन् । गगन केसीका ज्वाई हुन् ।

गगनले यस पटक संस्थापन पक्ष मै रहने इच्छा देखाएका छन् । गत १२ औं महाधिवेशनमा संथापन र देउवा दुवै खेमा लाई झुक्काएर दुई तिरको भोट खिच्न सफल भएका थिए । १२ औं महाधिवेशनमा गगनको सबै भन्दा बढि भोट आएको थियो भने दोस्रो बढि भोट केसीको थियो । केसी र थापालाई यस पटकको महाधिवेशनमा १२ औं महाधिवेशन जस्तो सहज नहुने कांग्रेसजनहरु बताउछन् । १३औँ महाधिवेशन २० देखि २३ फागुनमा हुँदै छ ।

0 comments:

Post a Comment