काठमाडौं,माघ २६ । प्रजातान्त्रिक आन्दोलनका योद्धा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाले यस संसारवाट बिदा लिएका छन् । नेपाली जनतावाट चुनिएका प्रतिनिधीवाट संवाधान जारी गर्न प्रमुख भूमिका निभाएका कोईराला अब आज सबैबाट र सधैका लागि विदा भएका छन्। राजनीतिमा उहाँका योगदान योगदान भने सम्म अविस्मरणीय रहनेछ ।
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइराला गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्री बन्नु भएको थियो । नेपालका ३७ औं प्रधानमन्त्री भएका थिए । उमेरमा हलिउड हिरो बन्ने सपना बुन्ने सुशीलको सपनालाई नेपालको संक्रमणकालीन राजनीतिले समाप्त पारेको थियो। कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख हुनुभएको थियो । उहाँ गएराति १२:५० बजे आफ्नै निवास महाराजगन्जमा ज्वरो र निमोनियाका कारण आफ्नै नेतृत्वमा संविधान जारी गरेको १ सय ४३ दिनपछि संसारवाट बिदा हुनु भएको छ । लामो समयदेखि अर्बुद (क्यान्सर) रोगको उपचाररत ७६ वर्षीय अविवाहित कोइराला पार्टीको १३औँ महाधिवेशन तयारी र नेतृत्वमा अन्तिम समयसम्म जुटिरहनुभएको थियो । उहाँलाई पुनः पार्टी सभापतिका प्रत्यासीका रुपमा समेत हेरिएको थियो । स्वर्गीय सुशील कोइरालाको जन्म विसं १९९४ माघ २१ गते विराटनगरमा भएको हो । उहाँका बुबाको नाम बोधप्रसाद कोइराला र आमाको नाम कुमुदिनी कोइराला हो । उहाँको स्थायी ठेगाना बाँकेको नेपालगञ्ज हो । भारतमा रहँदा राजनीतिमा आवद्ध कोइराला २०६७ भदौं २५ गतेदेखि नेपाली कांग्रेसको सभापति हुनुहुन्थ्यो ।
भर्खरका लक्का जवान सुशील हलिउडको हिरो बन्ने चाहाना लिएर हिडेका थिए । त्यसका लागि प्रारम्भिक तयारी पनि गरिसकेका थिए, भारतमा नृत्य र फोटोग्राफीको प्रशिक्षण लिएर। ‘हिरो’ बन्ने सपना पूरा गर्न उनी हलिउडतिर हानिने अन्तिम तयारीमा थिए। अमेरिकाको भिसासमेत आइसकेको थियो। तर, १ पुस ०१७ मा राजा महेन्द्रले ‘कू’ गरेपछि सुशीलको सपनामाथि पनि बज्रपात भयो। राजनीतिक परिर्वतनसँगै तत्कालीन सरकारले उनलाई विदेश जान प्रतिबन्ध लगायो र उनी हलिउड हिरो बन्न सकेनन् ।
बिपीदेखि गिरिजाप्रसादसम्म
नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गर्नुभयो । उहाँले पत्रकारका रुपमा काम गर्नुभएको थियो । उहाँ पार्टीको मुखपत्र ‘तरुण’ पत्रिकाको सम्पादकसमेत हुनुहुन्थ्यो । प्रजातान्त्रिक समाजवादका बारेमा उहाँले लेख्नुभएका रचनाले पार्टी वैचारिक रुपमा निर्देशित गरेको थियो । उहाँका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गर्नुभएको थियो ।
=========
बिराटनगरमा जन्मिएका पूर्व प्रधानमन्त्री सुशील कोइराला बाँकेमा जन्थलोका रुपमा परिचय भए । काठमाण्डुमा अस्ताएका छन् । विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय सुशील कोइराला वि.सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि उहाँ १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहनु भएको थियो ।
नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताउनु भएका कोइराला वि.सं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नु भएको थियो । २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलन १ मा पनि सुशील कोइरालाले सक्रिय सहभागिता जनाउनु भएको थियो ।
जन्मः वि.सं १९९६ साउन २८ गते
जन्मस्थान : बिराटनगर मोरङ
स्थायी ठेगाना स् नेपालगञ्ज–१३, बाँके
वैवाहिक स्थितिः अबिवाहित
पिता: बोधप्रसाद कोइराला
माताः कुमुदिनीदेवी कोइराला
दाजुभाइ ६ जना (प्रमोद कोइराला, विनोद कोइराला,सुशील कोइराला,डा.अरुण कोइराला,अशोक कोइराला,विजय कोइराला)
दिदीबहिनी स् ६ जना (दिती शर्मा,आभादेवी शर्मा, विभा,सुधा कोइराला,शशी शर्मा,सरिता )
राजनीतिमा संलग्नता स्
( २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न ।ठाकुरराम हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहदा नै राजनीतिमा सक्रिय ।
( नेपाली कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न।
( २०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न प्रस्थान ।
( २०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी ।
( २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी ।
( २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी ।
( २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वा्चित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान । पश्चिम बंगालका मुख्य मन्त्री विधानचन्द्र रायसंग भेटघाट ।भारतमा पत्रकार सम्मेलन । भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, अशोक मेहता, मधु दण्डवते लगायतका नेताहरुसंग सम्पर्क गरी नेपालको राजनीतिक अवस्थाबारे अवगत गराउनु भएको ।
( बेलायतकी महारानी एलिजावेथ द्वितीयाको नेपाल भ्रमण तय भएपछि नेपाल अशान्त भएको र जनता प्रजातन्त्र अपहरित भएकोमा रुष्ट रहेको सन्देश दिन नेपालका विभिन्न भागमा भूमिगत रुपमा विरोध कार्यक्रम सञ्चालन ।
( राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील ।
( २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वा्सित ।
( २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ । ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा ।
( २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि(बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी ।
( २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय ।
( २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी ।
( २०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार ।
( २०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वा्चित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय ।
( २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्द । त्यसपछि नेपाली कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय सहभागिता ।
( निरड.कुश राजतन्त्रको विरुद्ध २०६२-६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह ।
( प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल ।
पार्टीमा जिम्मेवारी
( पार्टी सदस्यः २०१२ साल
( सम्पादक स् तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा ।
( पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि
( विदेश विभाग प्रमुखः २०४५र४६ (सन १९९० )मा
( पार्टी महामन्त्री स् नवौं महाधिवेशन २०५३,पोखरापछि
( पार्टी उपसभापतिः २०५५ असोज २० गते
( कार्यबाहक सभापतिः एघारौं महाधिवेशन १३–१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४
( सभापति स् बाह्रौ महाधिवेशन २०६७, १–५ असोज, काठमाण्डौं ।
विधायिकी यात्रा
( संसदीय दलको नेता निर्वा्चित २०७० माघ १२( प्रतिस्पर्धा नेका वरिष्ठ नेता शेरबहादुर देउवासंग)
( दोस्रो संविधान सभा २०७० को सदस्य निर्वा्चित : बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४
( प्राप्त मतः बाँके १०,७५३ चितवन २०,७६०
( निकटतम प्रतिद्धन्द्धिः बाँके धवलसमशेर राणा ८,८०३ राप्रपा नेपाल र चितवन चित्रबहादुर श्रेष्ठ १०,७३९,
( पहिलो संविधान सभाः २०६४ मा पराजित( मधेशी जनाधिकार फोरमका सर्वदेव ओझा निर्वा्चित)
( प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६स् विजयी ( निकटतम प्रतिद्धन्द्धि नेकपा मालेका रिजवान अहमद साह)
( संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा स् प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएपछि २०५८ मा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर देउवा विजयी)
( प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ को निर्वाचनः बाँकेबाट प्रतिस्पर्धा (शान्ति समशेर जबरा राप्रपा विजयी )
( प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ को निर्वाचन स्बाँकेबाट विजयी( निकटतम प्रतिद्धन्द्धि गोविन्द कोइराला एमाले)
( संसदको परराष्ट सम्बन्ध र मानवअधिकार समितिहरुका रही महत्वपूर्ण योगदान
संलग्नता स्
( संस्थापक अध्यक्ष, प्रजातन्त्र सम्बर्धन केन्द्र
( संस्थापक अध्यक्ष,वी. पी. कोइराला स्मृति ट्रष्ट
( संरक्षक वी पी कोइराला स्मृति संग्राहलय सुन्दरीजल काठमाण्डौ
विदेश भ्रमण स् भारत, चीन, श्रीलंका संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका,थाइलैण्ड, जापान ,फिलिपिन्स, हंगकंग,अष्ट्रेलिया र फ्रान्स लगायतका विभिन्न युरोपेली मुलुक
पार्टीको भ्रमण टोलीको नेतृत्वः
सभा सम्मेलन र सेमिनारमा सहभागिता स्
( सन १९८४ मा बेलायतको सेफिल्डमा आयोजित बेलायतको लेबर पार्टीका सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्यको रुपमा सहभागी
( सन १९९६ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित सोसलिष्ट इन्टरनेशनलको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्य
( सन १९९६ मा जापानमा आयोजित सोसलिष्ट इन्टरनेशनलको को एशिया प्रशान्त क्षेत्रीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व
( सन १९९९ मा फ्रान्सको राजधानी पेरिसमा आयोजित सोसलिष्ट इन्टरनेशनलको चौधौं महाधिवेशन(कन्भेन्सन) मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व। यसै महाधिवेशनबाट नेपाली कांग्रेसलाई सोसलिष्ट इन्टरनेशनलको पूर्ण सदस्यता प्राप्त ।
( सन २०००मा फिलिपिन्सको मनिलामा आयोजित आइक्याप(क्ष्ऋब्एए) को प्रथम सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
( सन २००२ मा थाइलैण्डको राजधानी बैककमा आयोजित आइक्याप(क्ष्ऋब्एए) को दोश्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
( सन २००४ मा चीनको राजधानी बेइजिड.मा आयो जित आइक्याप(क्ष्ऋब्एए) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
( २०६४ मा श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित सार्क सम्मेलनमा सम्मानीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको उच्चस्तरीय राष्ट्रिय प्रतिनिधि मण्डलको सदस्य ।


0 comments:
Post a Comment