काठमाडौं,माघ २६ । नेपाली कांग्रेससका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सु्शील कोइरालाको राजकीय सम्मान सहित बुधबार अन्त्येष्टी गरिने भएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय झण्डा तीन दिन सम्म झुकाउने निर्णय समेत गरेको छ । कोइरालाको निधनको शोकमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार २ बजेसम्म रंगशालामैै राख्ने र शवयात्रापछि पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ । कोइरालाको पार्थिव शरिर श्रद्धाञ्जलीको लागि आज दिउँसो सम्म कांग्रेस पार्टी कार्यालयमा र दिउँसोदेखि दशरग रंगशालामा राखिने भएको छ । यस्तै कांग्रेसले ३ गतेसम्म पार्टी र भ्रातृ संगठनका सबै कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय छ ।


0 comments:
Post a Comment