कोइरालाको मृत्युमाथि उब्जिएको प्रश्न !निधारमा घाउ र रगत कहाँबाट आयो ?

By

काठमाडौं,माघ २६ । निमोनिया र ज्वरोले बिरामी भएका भनिएका सुशील कोइरालाको बिरामी भएको समेत समाचारहरु सार्वजनिक भएका थिएनन् । एक एक मध्यराती निधन भएको समाचारले सबैलाई अचम्मित तुल्लायो । १२:५० बजे निधन भएको बताइएका कोइरालाको निधनपछि सामाजिक सञ्जलमा थुप्रै तस्बिर सार्वजनिक भए । सार्वजनिक भएका केही तस्विरले भने डरलाग्दो प्रश्न जन्माइदिएको छ । फेसबुकमा पोष्ट गरेको तस्बिरमा कोइरालाको टाउकोमा चोट र सिरकमा रगत प्रष्ट देखिन्छ । यो तस्बिरले कोइरालाको निधनप्रति एउटा आशंका जन्माएको छ । टाउकोमा चोट र सिरकमा रगत कसरी ?

कोइराला लामो समयदेखी अस्वस्थ थिए । यसमा कुनै दुविधा छैन । उनको जिवन बचाउन राज्य कोषको करोडौं रकम खर्च र केही हदसम्म देशलाई नै बन्धक बनाईयो । सबै नेपाली यसमा जानकार छन् । तर ज्वरो र निमोनियाबाट बिरामी मात्र परेका कोइराको अकस्मात मध्यरात मृत्यु हुँदा सहयोगीको रुपमा सरकारी सुविधा बुझ्दै आएकाहरु कहाँ के हेरि बसिरहेका थिए रु मृत्युको मुखसम्म पुग्ने अवस्था आइपुग्दा कोइरालालाई किन अस्पताल भर्ना गर्न लगिएन अनि उनको गम्भिर अवस्थाबारे किन जानकारी बाहिर सार्वजनिक गरिएन ।

सामान्य बिरामी ठानेर सुतेको अवस्थामा कोइरालाको निधन भएको थियो भने मध्यरात कसरी थाहा भो कि उनको मृत्यु भएको मिनेट हेरेर । मिनेट समेतमा उनको मृत्युको घडी तोकिएको छ भने उनलाई अस्पताल लैजान नभ्याउने कस्तो काममा थिए सहयोगीहरु ? नेपाली काँग्रेसका सकल भक्त सहित पूर्व प्रधानमन्त्रीका हैसियतमा नेपाली जनताले जवाफ पाउनुपर्छ ।

मृत्युमा शोक र समवेदना ठूलो कुरा भएन । जिवित छउञ्जेल नाकाबन्दी गरेर दुख दिएका छिमेकीले समेत शोक जनाइसकेका छन् । तर मृत्युको कारण भने खोजि हुन जरुरी छ । त्यो पनि सत्य तथ्य सहित । कोइरालाको निधन सामान्य ढंगले निमोनिया र ज्वरोले थियो यदी भने उनको निधारमा काटेको जस्तो गहिरो घाउ कहाँबाट कसरी रहन गयो रु जुन घाउ उनको यसअघि थिएन ।

0 comments:

Post a Comment