यू-१९ विश्वकप प्ले अफ:नेपाल पाकिस्तानसँग १ सय २२ रनले पराजित

By

काठमाडौं,माघ २६ । बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको विश्वकप क्रिकेट अन्तर्गत पाँचौं स्थानको प्लेअफ सेमिफाइनलमा नेपाल पाकिस्तानसँग १ सय २२ रनले पराजित भएको छ । बंगलादेशको फतुल्लाहको खान शाहेब ओमान अली रंगशालमा टस हारेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको दुई सय ५९ रनको चुनौती पच्छ्याएको नेपाल ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमै समेटिएपछि फराकिलो हार व्यहोरेको हो ।

पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो । पाकिस्तानका हसन महसुनले १ सय ६ बलमा १ सय १७ र सेफ बेदरले १ सय १८ बलमा ८८ रन बनाए । नेपालका सन्दिप लामिछानेले तीन, आरिफ शेखले दुई र सुशील कँडेलले एक विकेट लिए । नेपालले पराजय भोगेपनि प्रेम तामाङको पारी उत्कृष्ट रह्यो । नटआउट रहेका अर्धसतक पुरा गर्दै ९१ बलमा ६५ रन बनाउन सफल भए ।

नेपालका लागि प्रेमबाहेक अरु सबै खेलाडीको प्रदर्शन विर्सन लायक प्रदर्शन गर्न सकेनन् । प्रेमले ९१ बलको समानगर्दै ११ चौका र १ छक्काको मद्दतले नट आउट रहँदै ६५ रन बनाए । नेपालका आठ जना ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । यस्तै नेपाली टिमका कप्तान राजु रिजाले ३४ बलमा १५ रन बनाए । पाकिस्तानका लागि हसन मोसिनले ४ तथा इरफान लियाकत र सैफ अलिले २-२ विकेट लिन सफल भए । पाकिस्तानले बुधबार हुने नामिबिया र इंग्ल्याण्डबिचको प्लेअफ सेमिफाइनलको विजेतासँग पाँचौं स्थानका लागि खेल्ने छ । नेपालले हार्ने टिमसँग सातौं स्थानका लागि खेल्ने छ ।

0 comments:

Post a Comment