काठमाडौं,माघ २६ । नेपाली कांग्रेसले १३औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ । कोइरालाको गएराती निधन भएलगत्तै जारी महाधिववेशनका सबै कार्यक्रमहरु तत्कालका लागि स्थगन गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदिप पराजुलीलले विज्ञप्ती जारि गर्दै महाधिवेशनका सबै कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन् । सोमबार मात्रै अधिकांश जिल्लामा कांग्रेसको जिल्ला नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।
कोइरालाको निधनपछि कांग्रेसले जारी गरेको विज्ञप्ती–
माघ २६, २०७२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री आदरणीय श्री सुशील कोइरालाको गए राति १२ः५० बजे महाराजगञ्ज स्थित उहाँकै निवासमा आकस्मिक निधन भएको छ । उहाँ केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ हुनुहुन्थ्यो । सभापति
श्री कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टीपंक्ति स्तब्ध र शोकमग्न भएको छ ।
सभापति श्री कोइरालाको आकस्मिक निधनका कारणले नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धी कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
यसै क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज माघ २६ गते मंगलबारका दिन विहान ११:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।
प्रदीप पराजुली
का.वा. मुख्य सचिव


0 comments:
Post a Comment