कोइराला निवासमै बेहोस भएका नरहरि आचार्यलाई पक्षघात

By

काठमाडौं,माघ २६ । सुशिल कोइरालाको निधन भएको थाहा पाएपछि झिसमिसमै कोइराला निवास महाराजगन्ज पुगेका कांग्रेस नेता नरहरी आर्चाय बेहोस भएर लडेपछि उनलाई अस्पताल भर्ना गरिएको छ।
उनी कोइरालाको पार्थिव शरिरमा श्रद्धान्जली दिएपछि उपस्थित काग्रेस नेताहरुसँग छलफलमा बसेका थिए।

छलफलबाट बाहिर आएर कोइरालाको निवासको प्राङगढमा करिव १५ मिनेटसम्म उपस्थित संचारकर्मीहरुलाई कोइरालाको निधन तथा उनले नेपाली राजनीतिमा गरेको योगदानबारे प्रतिक्रिया दिएका थिए। बोलिसकेपछि कोइराला निवासको प्राङगणबाट बाहिर निस्कने क्रममा आर्चाय बाटैमा लडेका थिए। उनलाई तत्कालै उठाएर कार्यकताहरुले बाँसवारीस्थित न्युरो अस्पताल लगेका छन्। लगत्तै शहीद गंगालाल अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँबाट अहिले न्यूरो अस्पताल लगेर उपचार गरिएको छ ।

0 comments:

Post a Comment