तस्करी गरी ल्याउने गरेका काठ बरामद

By

कपिलवस्तु, माघ २१ । इलाका प्रहरी कार्यालय पिपरा र कोटीहवा सामुदायिक बन राष्ट्रिय बन कार्यलयबाट खटिएको संयुक्त टोलीले ७१.७९ क्यु पिट सालको काठ बरामद गरेको छ ।
बाणगंगा नगरपालिका स्थित कोटिहवा बन क्षेत्रको जंगल फडानी गरी सालको काठ तस्करी गरी ल्याउने गरेको भन्ने सूचना प्राप्त भएपछि खटिएको टोलीले गस्ती गर्दै निग्रानी राख्दै जाने क्रममा बुधबार राति भलवाङ स्थित बाल कल्याण निम्न माध्यामिक बिद्यालयको सार्वजनिक जग्गामा खाडल खनी लुकाई राखेको अवस्थामा ९ वटा गोलियामा रहेको उक्त काठ बरामद गरेको हो ।
बरामद काठ इलाका तथा सेक्टर बन कार्यालय पिपरामा बुझाइएको छ । फरार तस्करहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।

0 comments:

Post a Comment