काठमाडौं,फागुन ९ । थाइल्याण्ड भ्रमणमा रहेको पूर्वराजा ज्ञानेन्द्र शाह प्रधानमन्त्री केपी शर्मा ओली भारतमै भएको मौका छोपी दिल्ली आउने भएका छन् । केही साता अघि थाइल्याण्डमा गएका पूर्वराजा शाह कसैलाई जानकारी नै नदिई गोप्य रुपमा आइतबार दिल्ली आउन लागेको गोप्य स्रोतको दावी गरेको छ । शाह दिल्ली आएर गोप्य राजनैतिक भेटघाट गरी थाइल्याण्ड नै फर्किने कार्यक्रम रहेको छ ।
शाहले दरबार छाड्दा भएको सहमति कार्यान्वयनको बारम्बार आवाज उठाइरहनु र भारतले ओलीलाई उच्च सम्मान दिँदै पूर्वराजालाई बोलाएर गोप्य सहमति गर्न लागेको हुन सक्ने स्रोतले समेत दावी गरेको छ । प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि शुक्रबार देखि भारतमा नै रहेका छन् ।


0 comments:
Post a Comment