यू-१९ विश्वकपको सेमीफाइनल खेल्ने नेपालको सपना अधुरै

By

काठमाडौं,माघ २२ । नेपाल आईसीसी यू-१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । टस जित्दै नेपालले दिएको २१२ रनको लक्ष्य पच्छ्याएको घरेलु टोलीले ४८।२ ओभरमै ४ विकेट गुमाएर २१५ रन बनाएपछि नेपाल पराजित हुन पुगेको हो । बंगलादेशको इनिङमा नेपालले प्राराम्भीक ब्याटसम्यानलाई सस्तैमा आउट गरेपनि बंगलादेशका लागि पिनाक घोसले ५४ बलमा ३२ रन, जोयराज शेखले ६७ बलमा ३८ रन बनाए । जाकिर होसैनले  ६५ बलमा  ५५ रन, मेहदी हसन मिराजले ७७ बलमा ६९ रन बनाए । चौथो विकेटपछिको सय रनभन्दा धेरैको साझेदारीले नेपालले खेल गुमायो ।

नेपालका सुनिल धमलाले दुई र सन्दिप लामिछानेले एक विकेट लिएका थिए । अर्को विकेट सुशिल कँडेलले रन आउट गरेका हुन् ।

यसअघि नेपालले ९ विकेट गुमाएर दुई सय ११ रन बनाएको थियो । नेपालका कप्तान राजु रिजालले ८० बलमा ८ चौका र एक छक्काको मद्दतमा ७२, सुनिल धमला २५, प्रेम तामाङले नटआउट २२, दिपेन्द्र सिंह ऐरीले २२, आरिफ शेख २१, कुशल भुर्तेलले १४, राजवीर सिंह ९,  सन्दिप सुनार ७ रन बनाए ।

बंगलादेशका मोहम्मद साइफुदिनले दुई तथा मेहदी हसन राना, सालेह अहमद सलोवन र मेहदी हसन मिर्जाले समान एक एक विकेट लिए । नेपाल समूह डीको उपविजेता तथा बंगलादेश समूह ए को विजेताको रुपमा अन्तिम ८ मा पुगेका हुन् । जितसँगै बंगलादेश प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

0 comments:

Post a Comment