पाँच महिनादेखि अवरुद्ध वीरगन्ज खुकुलो

By

वीरगञ्ज,माघ २२ । पाँच महिनादेखि अवरुद्ध भएको वीरगन्ज नाका शुक्रबार दिउसोदेखि सुचारू भएको छ। मित्तेरी पुलमा मधेसी मोर्चाले लगाएको बासको ढाट (अवरोध) रक्सौलस्थित भारतीय नागरिकहरुको समूहले हटाएपछि वीरगञ्ज-रक्सौलको प्रमुख नाका आजदेखि खुलेको हो । नाका खुलेसँगै मुल नाकाबाट मालवाहक ट्रकहरू भित्रने क्रम सुरू भएको छ। पुलबाटै सवारी साधन आवतजावत गरिरहेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ भने नाकामा एकाएक चहलपहल बढेको छ। मितेरी पुलमा सशस्त्र प्रहरीको टोली बसेको छ।

0 comments:

Post a Comment