काठमाडौं, माघ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्ताबाट बाहिरिँदा प्रश्न उठान नमिल्ने गरी काम गर्ने बताएका छन् । प्रेस चौतारी नेपालको १८ औं वार्षिक उत्सवको अवसरमा शुक्रबार तिनकुनेको एक पार्टी प्यालेसमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल अवधिभर अर्थतन्त्रलाई आत्मनिर्भर हुने गरी काम गर्न दावी गरे । नयाँ ढाँचामा तीब्र गतिमा देशमा अर्थतन्त्रको विकास हुने उनको दावी छ ।
सिंहरदरबार र बालुवाटार एकदिन छाड्नु पर्ने भन्दै उनले त्यहाँबाट निस्किने बेला प्रधानमन्त्री बनेर देशमा के भयो भनेर प्रश्न गर्ने ठाउँ नै नराख्ने आफ्नो उद्देश्य रहेको बताए । आफूले छिट्टै भारत र चीनको भ्रमण गर्ने उनले जानकारी गराए । दुबै भ्रमणहरु अर्थपूर्ण र महत्वपूर्ण रहने उनले बताए ।
आफूले बोलेका कुराहरुलाई हावा र उखान टुक्काको संज्ञा दिइएकोप्रति असन्तुष्टि जनाएका उनले आर्थिक विकासका कुराहरुलाई उखानटुक्काको रुपमा पुष्टि गर्न पनि चुनौती दिए ।


0 comments:
Post a Comment