काठमाडौं,माघ २४ । नयाँ संविधानमा असन्तुष्टि राख्दै झण्डै ५ महिनायता जारी आन्दोलनको समीक्षा र भावी रणनीतिबारे छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक आज बस्ने तयारी भइरहेको छ ।
आन्दोलनलाई सिमा नाकाकेन्द्रित बनाएको मोर्चाले सबै नाकाहरुमा आन्दोलन कमजोर भएपछि अब आन्दोलन कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गर्न लागेको हो । मोर्चा घटक सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले आज दिउँसो मोर्चाको बैठक बस्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
अन्य सबै नाका सहज भईसकेको अवस्थामा पनि अबरुद्ध रहँदै आएको विरगंज रक्सौेल नाका अस्ति शुक्रबारबाट खुलेपछि आन्दोलनको स्वरुप बदल्ने वा पुनः नाका केन्द्रीत संघर्ष गर्ने भन्ने विषयमा मोर्चाभित्र फरक मत देखिएको छ । मोर्चामा रहेका दलका शीर्ष नेताहरुमै आन्दोलनको स्वरुप परिवर्तन गर्नेबारे दुइधार देखिएको छ ।
संघिय समाजबादी फोरम नेपालका अध्यक्ष यादव, तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेता नाका केन्द्रित आन्दोलनबाट पछि हट्न नहुने पक्षमा हुनुहुन्छ भने सद्भावना पार्टीका अध्यक्ष महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आन्दोलनलाई शहर केन्द्रित बनाउनुपर्ने बताउन थाल्नुभएको छ ।


0 comments:
Post a Comment