जियोनीले ‘एम फाइभ लाइट’ फोन भित्र्याउँदै

By

काठमाडौं । जियोनीले म्याराथन सिरिजको सबैभन्दा नयाँ ‘एम फाइभ लाइट’ फोनको बिक्री नेपालमा पनि सुरु गर्ने भएको छ । एम फाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५“ को एच डि स्क्रिन रहेको छ । फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

फोनमा १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ । फोनको सबैभन्दा आकर्षक पक्ष भनेको यसको ४००० एम ए एच को ब्याट्री हो, जुन साधारण फोनको ब्याट्री भन्दा दुई गुना बढी क्षमताको छ । यो फोनको अर्को आकर्षक पक्ष चाँहि यसको ३ जि बि -याम र ३२ जी बि रोम (कार्डबाट १२८ जी बि थप्न सकिने) जुन केवल रु. १९,९९९ को आकर्षक मूल्यमा उपलब्ध हुनेछ ।

फोनमा जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.१ हुनेछ जुन एन्ड्रोइड ५.१ मा आधारित छ । एम फाइभ लाइटले एकै समयमा रिभर्स ओ टि जी प्रविधि मार्फत दुई अन्य फोन चार्ज गर्न सक्दछ । एम फाइभ लाइट “श्याम्पेन गोल्डेन“ रंगमा उपलब्ध हुनेछ ।

0 comments:

Post a Comment