कांग्रेस जिल्ला सभापतिमा संस्थापनको बर्चश्व,कुन जिल्लामा कसले जित्यो (नामावली)

By

काठमाडौं,फागुन ६ । नेपाली कांग्रेसले फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा गर्न लागेको १३ औं महाधिवेशनको लागि जिल्लामा भएको निर्वाचनमा संस्थापन पक्ष बलियो देखिएको छ । अहिलेसम्म सार्वजनिक भएको नतिजा अनुसार ४६ जिल्ला सभापति मध्ये ३२ जना संस्थापन पक्षले जित हासिल गरेका छन् । देउवा पक्षकाले ९ जिल्लामा जित हासिल गरेका छन् भने ५ जना कुनै पक्षमा नै नखुलेका विजयी भएका छन् ।

महाधिवेशन आउन दुईसातामात्र बाँकी रहदाँ संस्थापन पक्षले भने सभापतिको उम्मेदवारी अघि सार्नसम्म सकेको छैन । कांग्रेस नेतृत्वका लागि वरिष्ठ नेता शेरबहादुर देउवा चुनावी मैदानमा भिडने पक्कापक्की भैसकेको छ । महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले नेतृत्वमा दाबी गरेपछि  कार्यवाहक सभापति रामचन्द्र पौडेलको नाममा सर्वसम्मत गराउने प्रयास सफल हुन सकेको छैन् ।

संस्थापन
१. पाँचथर – नरेन्द्र केरुङ
२. चितवन – जित नारायण श्रेष्ठ
३. बर्दिया – संजय गौतम
४. कालिकोट – हर्ष बहादुर बम
५. झापा : उद्धव थापा
६. सुनसरी : राजीव कोइराला
७. भोजपुर : नन्दमणि राई
८. पाल्पा : वीरबहादुर राना
९. बैतडी : नरेन्द्रसिंह थापा
१०. सुर्खेत : कमलराज रेग्मी
११. धादिङ : रमेश धमला
१२. खोटाङ : नरेशकुमार श्रेष्ठ
१३. मुस्ताङ : यन्जिना विष्ट
१४. काभ्रे : मधु आचार्य
१५. कास्की : कृष्णबहादुर केसी
१६. अर्घाखाँची : विष्णुप्रसाद खनाल
१७. गोरखा : हरिबहादुर घले
१८. सिन्धुली : उज्ज्वल बराल
१९. तनहुँ : वैकुण्ठ न्यौपाने
२०. नवलपरासी : विष्णु लामिछाने
२१. ताप्लेजुङ : लीला बोखिम
२२. जाजरकोट : दीपकजंग शाह
२३. उदयपुर : विदुर बस्नेत
२४. मुगु – खड्ग बहादुर साही
२५. नुवाकोट – जगदीश नर्सिङ केसी
२६. कपिलवस्तु : सुरेन्द्र राज आचार्य
२७. बैतडी – नरेन्द्र थापा
२८. पर्वत – खिमलाल भुसाल
२९. तेह्रथुम – गोविन्द ढुंगाना
३०. काठमाडौं – कृष्ण (सबुज) बानियाँ
३१. रोल्पा – अमरसिंह पुन
३२. रुकुम – प्रेमप्रकाश ओली

देउवा पक्ष
१. मोरङ : डिगबहादुर लिम्बू
२. डडेल्धुरा : कर्ण मल्ल
३. मनाङ : टेकबहादुर गुरुङ
४. स्याङ्जा : कमल पंगेनी
५. डोटी : प्रदीप देउवा
६. ओखलढुंगा : प्रदीप सुनुवार
७. रूपन्देही : अब्दुल रज्जाक
८. हुम्ला : दयापति रोकाया
९. ललितपुर : मदन अमात्य

नखुलेका :
१. मकवानपुर : इन्द्रबहादुर बानियाँ
२. धनकुटा : अग्नि पौडेल
३. बाजुरा : कविराज पण्डित
४. डडेल्धुरा : कर्ण मल्ल
५. अछाम : भरत स्वार

0 comments:

Post a Comment