नवयुग एक्लैले जितेको होइन

By

अहिले देशमा चर्चा छ नवयुगको । पछिल्लो एक महिनामा दुईवटा अन्तर्राष्ट्रिय उपाधि चुम्न सफल नेपालका लागि नवयुग श्रेष्ठको भूमिका उत्कृष्ट रह्यो । त्यसैले त नवयुगलाई नेपाली फुटबलमा नवयुग सुरुवात गर्ने योद्धाका रूपमा मूल्यांकन गरिएको छ । नवयुगको स्थायी घर इलाम हो । उनका आमाबुबा इलामको मंगलबारेमै बस्छन् । नवयुगको फुटबल जीवनको सेरोफेरोमा रहेर नयाँ पत्रिकाका ख्याम भुजेलले उनकी आमा बसुन्धरा श्रेष्ठसँग कुरा गरेका छन् :

छोराले फुटबल खेलेर यस्तो नाम राख्छ भन्ने कहिल्यै लागेको थियो ?

थिएन, आशा नै थिएन नि । तर, फुटबल खेलेर नाम राख्यो । छोराको प्रगतिमा कुन आमा खुसी नहोलिन् र रु म त योभन्दा खुसी हुने ठाउँ नै छैन । छोराले नाम कमाएपछि सबै ‘देशले नै गर्व गर्ने छोराकी आमा’ भन्दै बधाई दिन्छन् । कतिजना त घरमा नै आउनुभयो । सबैले ‘नवयुगकी आमा हो’ भनेर सोध्छन् ।

छोराको निर्णायक गोलमा देशले खेल जित्दा कस्तो लाग्यो ?

हामी दुईजना (नवयुगका बुबा) घरमा नै टिभी हेरेर बसिरहेका थियौँ । पहिला त हार्ने भए भन्नेजस्तो लाग्यो । त्यतिखेर मैले जानेजति सबै देवीदेवता सम्झेँ, पुकारेँ । छोराहरूले जिते भने गजुरमुखीमा परेवा उडाउँछु भनेर भाकल गरेँ । नेपालले जित्यो, साहै्र खुसी लाग्यो । उसका बाबाले त छोराले गोल हान्दा ‘नवे’ले गोल लगायो भनेर टिभीमा हात ठटाउनुभयो । झन्डै टिभी फुट्यो । खुसीले के गरौँ कसो गरौँ, कता जाऔँ जस्तो भयो । तर, राति भइसकेको थियो, कता जानु के गर्नु र रु मेरो भाकल छ । ऊ (नवयुग) आएपछि गजुरमुखी लगेर एक जोडी परेवा उडाउन लगाउँछु ।

नवयुगले कहिलेदेखि फुटबल खेल्न थालेका हुन् ?

पहिलो बोली फुट्दै गोल भनेको हो । त्यो वेला के भनेको बुझ्न सकेनौँ । अहिले बुझ्दा गोली ९बल० भनेको रहेछ जस्तो लाग्छ । खेलौना पनि गोली नै माग्थ्यो । सानोमा ट्याङट्याङे ९प्लास्टिकको बल० खेलाउँथ्यो । हिँड्न थालेपछि दाहिने गोडाले गोल हान्न खोज्थ्यो । म पनि उसलाई बल नै दिएर भुलाउँथेँ । स्कुल जान थालेपछि झुत्रे गोली खेल्थ्यो । सनराइज बोर्डिङ गएपछि खेल्न थालेको हो । पछि, सरकारी स्कुलका मास्टरका छोराछोरीलाई बोर्डिङ पढ्न नदिने भनियो । सरकारी स्कुल जान मानेको थिएन । त्यहाँका हेडसर चेतप्रसाद दवाडीले ‘फुटबल खेल्न पाइन्छ’ भनेपछि मात्र स्कुल जान मान्यो । सानैदेखि फुटबल खेल्न भनेर हिँडिरहन्थ्यो । कता जित्थ्यो, कता हाथ्र्यो वास्तै हुँदैनथ्यो । देशकै लागि खेल्दा भने चासो हुँदो रहेछ ।

फुटबल जितिसकेपछि छोराले फोन गरे ?

फुटबल जितेपछि घरबाट बुबाले नै फोन गर्नुभयो । त्यतिवेला ‘फोटो खिच्न व्यस्त छु’ भन्यो । खासै कुराकानी भएन । भोलिपल्ट बिहान उसैले फोन गरेको थियो । मैले बधाई दिएँ । राम्रो प्रगति गरिस्, संसारलाई देखाइस् भनेँ ।

घर बोलाउनुभएन ?

बोलाएँ नि, किन नबोलाउनु ? असोजदेखि देख्न पाएको छैन, घर आइज भनेँ । काठमाडौं आएपछि अझै के–के कार्यक्रम हुन्छ रे । छुट्टी मिलेपछि आउँछु भनेको छ । घर आएपछि भाकल पूरा गर्नु छ । दसैँदेखि भेट्न पाएको छैन । टिभीमा मात्रै देखिन्छ । यसरी नाम चलेपछि घर आएको छैन । अब छुट्टी मिलाएर घर आउला नि त ।

नवयुगलाई तपाईं के भनेर बोलाउनुहुन्छ ?

(लामो हाँसोपछि) म त त्यसलाई ‘काले’ भनेर बोलाउँथँ । मायाले बोलाउने नाम काले हो त्यसको । काले खाना खान आइज, काले स्कुल जाने वेला भयो भन्थे । उसैले ‘काले’ नभन्नु न भन्थ्यो । कालो त म कालै छु, तर नाम बिग्रिन्छ क्या भन्थ्यो । साथीले पनि गिज्याउँछन् भन्थ्यो । कालो पनि कालै छ, तर अहिले चम्क्यो नि ।

छोरालाई के बनाउने सपना थियो ?

मलाई त डाक्टर बनाउन मन थियो नि । एमबिबिएससम्म पढोस् भन्ने लाग्थ्यो । मैले त्यसलाई डाक्टर बन्नुपर्छ भनेर भनेको पनि थिएँ । उसैले डाक्टर पढ्न सक्दिनँ भन्थ्यो ।

कहिले छोराको टिपन हेराउनुभएको छ रु ज्योतिषीले के भन्थे ?

हेराएँ नि । टिपन त कति हेराइयो–
हेराइयो । ज्योतिषले ठूलो मान्छे बन्छ भनेका थिए । उनीहरूलाई पनि आर्मी हुन्छ भन्ने के थाहा र १ आर्मीमा जाने वेलामा पनि हेराएँ । मेरो नामबाट पूजा गर्दा राम्रो हुन्छ भनेपछि त्यसवेला पनि गजुरमुखीमा पूजा गरेर एक जोडी परेवा उडाएकी थिएँ ।

फुटबल खेल्दा छोरालाई चोट लाग्ने हो कि भन्ने पीर लाग्दैन ?

पीर लाग्छ नि । लड्यो भने चोट लाग्यो होला, दुख्यो होला जस्तो लाग्छ । एक छिन उठेन भने मर्‍यो कि भनेर पनि सोचाइ आउँछ । पापी मन न हो, के–के सोच्छ सोच्छ । एउटा छोरा, त्यसलाई केही भइहाल्यो भने जस्तो लाग्छ । तर, फाइनलमा त्यो लडेन । लड्यो भने एक छिन त टिभी हेर्नै सक्दिनँ । अरू खेलाडी लडे भने पनि नवयुग नै लड्यो कि जस्तो लाग्छ र एकछिन हेर्दिनँ । पसिनै–पसिना भएको देख्छु । गल्यो होला जस्तो लाग्छ । फोनमा होसियार भएर खेल्नु, होसियार भएर आउनु भनेको छु । कसैले केही गर्ला कि जस्तो लाग्छ । उसले केही हुँदैन भनेर सम्झाउँछ ।

फुटबल खेलेर पढाइ बिगार्‍यो जस्तो लाग्दैन ?

१२ मा एउटा विषय बिगारेको छ । उसका बुबाले फर्म भरिदिनुभएको छ । १२ चाहिँ पास गर् है भनेको छु । पढेर मात्रै ठूलो मान्छे भइन्छ भनेको छु । यसपटक पास गर्छु भन्दै थियो ।

सुरुमा फुटबल खेल्न जाँदा कत्तिको पैसा माग्थे ?

माग्थ्यो नि । कहिले पाँच सय, कहिले हजार माग्थ्यो । हिँडिरहन्थ्यो, म अरूले नदेख्ने गरी लुकाइ–लुकाई दिन्थेँ । कहिलेकाहीँ मागेकोभन्दा पनि धेरै दिन्थेँ । उसका साथीहरूसँग पनि पैसा हुँदैनथ्यो क्यार १ सबैले मिलेर खाजा खानु भन्थेँ । कहिलेकाहीँ दिएको पैसा पनि मास्दैनथ्यो । साथीहरूले खाजा खुवाए भन्थ्यो । पैसा फर्काउँथ्यो । अर्कोपल्ट त्यही दिन्थँे ।

अहिले त आफैँ कमाउने भइसके, तपार्इंलाई दिन्छन् त ?

दिन्छ नि । पहिलोपटक १० हजार दिएको थियो । घरमा पैसा पठाउँछ । उसको बहिनीलाई दिन्छ । घरको पैसा बुबालाई पठाउँछ । मलाई छुट्टै पठाइदिन्छ । अस्ति इलाममा उसको सम्मान थाप्न हामीलाई बोलाइएको थियो । उसलाई दिइएको एक लाख पाँच हजार रुपैयाँ हामीले थाप्यौँ ।

गोल लगाएपछि मैदानबाहिर कुदेको देख्नुभएको छ ?

अस्ति पनि देखेँ । गोल लगाएपछि बाहिर कुद्यो । जर्सी फुकालेर कुद्यो । गोडा भाँचिन्छ कि जस्तो लाग्यो । कसैले हान्ला कि जस्तो लाग्छ । त्यसरी बाहिर किन कुद्नु ? भित्रै कुद्नु नि त्यसो गर्न पाइँदैन भनेको सुनेकी थिएँ । अब घर आउँदा त्यसो नगर् भनेर भन्नु छ ।

अहिले नवयुगकै बढी चर्चा भइरहेको छ, कस्तो लाग्छ ?

अहिले टिभी–रेडियोमा नवयुगको मात्रै नाम सुन्छु । अरूको नामचाहिँ किन नभनेको होला जस्तो लाग्छ । मेरै छोराको मात्र आउँछ । अरूका पनि छोरा नै हुन् । उनीहरूका बाबुआमालाई कस्तो लाग्दो हो रु नवयुग एक्लैले खेल जितेको त होइन नि १ फुटबल एक्लै खेलेर जितिने होइन । उसका अरू साथी थिएनन् भने त जित्ने नै थिएन नि । अरूको पनि नाम भनिदिए हुन्थ्यो जस्तो लाग्छ ।

छोरालाई बिहे गर्नुपर्छ भनेर भन्नुभएको छैन ?

भनेको छु । तर, २८ वर्षसम्म गर्दिनँ भन्छ । केको खाँचो छ भन्छ । अब हामी पनि ठीकै छौँ । धेरै हतार लगाउनु पनि भएन । त्यसैले बुहारी खोज्ने कुरा पनि भएन । अहिले कहाँ हामीले खोजेर हुन्छ र †

उनका केटीसाथी होलान् नि त ?

होलान् नि । कति होलान् कति । अब केटीसाथी नहुने केटाहरू कहाँ हुन्छन् र १ तर, उसले त भनेको छैन । बहिनी–साथीहरूले सुनाउँछन् नि । उसले त के भन्थ्यो ?

बुहारी कस्ती भइदिए हुन्थ्यो भन्ने लाग्छ ?

उसले जस्तो रोज्छ त्यस्तै । अब हामीले रोजेर कहाँ हुन्छ र अरू जातकै ल्यायो भने यस्तो ल्याइस्, उस्तो ल्याइस् भन्दिनँ।

नवयुगलाई केही भन्नु छ ?

फुटबल जित्ने सबै छोराहरूलाई बधाई छ । मेरो मात्र छोराले खेल जितेको होइन । राम्रो खेल्नु । सबैले प्रशंसा गरेको देख्न पाऊँ । सधैँभरि हाँस्न पाऊँ । उसको अलि रिसाउने बानी छ । साथीहरूसँग नरिसाउनु । साथीहरूसँग मिलजुल गर्नु । नम्र बोल्नु । राम्ररी पढ्नु ।

0 comments:

Post a Comment