कुन रङको समयले सेकेर
सुक्दै गरेको पहेलो अनुहार
चाउरिएको चेतनाले
के चलाईरहेछौ सेक्सी सरकार ?
तिम्रा उखान–टुक्काको टाङ फाटेर
ग्यास चुहियो
र,
सिलिण्डर आधा भो ।
तिमीले घिस्स्याईरहेको आधा जुनीजस्तै !
खबरदार !
धेरै अभावको कामुकता नदेखाउ !
हठात बलत्कार हुनुपर्ला !
सडक किनारको ईंटा–ढुङ्गाहरु
तिम्रो निधारमा किस गर्न
आफै उक्किन बल गरिरहेछन !
–मिलनकान्छा किराती


0 comments:
Post a Comment