थाइल्याण्डमा पारसका अवैध छोरा रहेको हल्लापछि हंगामा

By

काठमाडौं,माघ २१ । काठमाडौं । पूर्वयुवराज पारस शाह बुधबार फेरि चर्चामा छाए जब उनकी थाई प्रेमिका कन्निका चाइसानले एउटा बालकको फोटो पोस्ट गरिन् । बालक हुन् कन्निकाका छोरा युनिभर्स जो आठ वर्षका छन् । युनिभर्स पारसलाई आफ्नो पिता ठान्छन्, त्यसैले नेपाल किन नगएको भनेर आमालाई बारम्बार प्रश्न गर्छन् । कन्निकाले फेसबुकमा लेखेकी थिइन्, ‘छोरा युनिभर्सले प्रश्न गर्‍यो– तपार्इं नेपाल किन जानुहुन्न जहाँ मेरो बुबा हुनुहुन्छ रु मलाई मेरा बुबासँग बस्न मन छ । मैले जवाफ दिएँ, ‘तिम्रो बुबा म हुँ, आमा पनि मै हुँ ।’ लगत्तै तस्बिर सोसल साइटमा भाइरल भयो । कन्निकाको भनाइ एउटै थियो, तर फरक–फरक अर्थ लगाएर सोसल साइटमा सेयर गरियो । धेरैको भनाइ थियो, ‘थाइल्यान्डमा पारसका अवैध छोरा भेटिए ।’

पारस नेपाल फर्किएपछि कन्निकाले उनको नाम जोडेर कुण्ठा पोख्दै आएकी छन् । तर, बुधबार उनले पारसलाई सम्झन छोरालाई पनि अघि सारिन् । उनको यही स्टाटसका आधारमा पारस ती बालकको पिता भएको ठहर पनि गरियो । जब कि कन्निकाले युनिभर्सका पिता पारस हुन् भनेर ठोकुवा गरेकी थिइनन् । कन्निकाले अर्को स्टाटसमा अझ प्रस्ट पारिन्, ‘छोरो तीन महिनाको हुँदा मैले पूर्वप्रेमीसँग टाढिने निर्णय गरेँँ, अहिले ऊ आठ वर्षको भयो । मेरो छोरा युनिभर्स पारसलाई नै पिता मान्छ, आफ्नो बुबालाई त उसले अहिलेसम्म भेट्न पाएको छैन । तर, उसको कुरालेमलाई रुवाउँछ ।’

लाग्छ, कन्निका तनावमा छिन्, तर उनी आफूलाई सम्हाल्न चाहन्छिन् । बुधबार नै उनले तेस्रो स्टाटस लेखेकी छिन्, ‘डियर युनिभर्स, यो तस्बिर हेर्न कोही चाहँदैन । तर, ठीकै छ, तिम्रो जीवनमा केही अशुभ हुँदै छ भने मैले तिमीलाई अन्यत्र नै लिएर जानुपर्नेछ । किनभने, मैले गुमाउनुपर्ने केही छैन‘।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments:

Post a Comment