बिहार गएका मोर्चाका नेताहरु राजधानी आउँदै, होला त अब वार्ता सफल ?

By

काठमाडौं, माघ २१ । बिहारका नेताहरुको समर्थन जुटाउन त्यसतर्फ गएका मधेसी मोर्चाका नेता आज राजधानी आउदैछन् । बिहारका मुख्यमन्त्री नीतिशकुमार र सत्ता गठबन्धनका नेता लालुप्रसाद यादवलाई भेटी उनीहरुको समर्थन हासिल मोर्चाका नेताहरु आज काठमाडौं फर्कन लागेका हुन् । काठमाडौं फर्के लगत्तै प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच एकदुई दिनभित्र पुनः वार्ता हुने भएको छ । लामो समयको संवादहीनता तोड्दै केही दिनअघि वार्तामा बसेको मोर्चाले आफ्ना घोषित सात दिने आन्दोलनका कार्यक्रम सकेसँगै वार्ता प्रक्रिया सुरु गर्न लागेको हो ।

मोर्चा घटक दलका अध्यक्षहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्रराय यादव आज काठमाडौं आउने बताइएको छ । वार्ताका लागि गठित कार्यदलका दुई सदस्य नेपाली कांग्रेसका नेता महेश आचार्य र तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी राजधानी बाहिर रहेकाले पनि वार्ता हुन सकेको छैन ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मोर्चाका शीर्ष नेता राजधानी आएसँगै वार्ता प्रक्रिया सुरु हुने जनाए । उनले जारी आन्दोलनको स्वरुप परिवर्तनबारे पनि दुई दिनभित्रै मोर्चाको बैठक बसेर साझा धारणा तय गर्ने बताए । गरेलगत्तै मोर्चाका नेताले पूर्वउपमुख्यमन्त्री तथा भाजपाका बिहार प्रमुख सुशील मोदीसँग भेट गरेका

0 comments:

Post a Comment