काठमाडौं,जेठ २६ । बुडी र चोर औंलो घुमाएर शेरबहादुर देउवाले टोपबहादुर रायमाझीलाई भने, ‘चिरिप्प, अलिकति लागउनुपर्यो नि !’टोपबहादुर पनि किन पछि पर्थे र ! ‘सभापतिज्यूले नै भनिसकेपछि सकिग्गो नि !’ भन्दै हँस्याङफस्याङ गर्न थालिहाले ।
जेठ पहिलो साता बुद्वभूमि लुम्बिनीमा देशका ठूला तीन पार्टी प्रमुखसहित देश–विदेशका गन्यमान्य, भद्रभलाद्मी भेला भए, विश्व बौद्व सम्मेलनको निम्ति । त्यहाँ ग्रेटवाल बनाउनेदेखि गुरुत्तर लुम्बिनी योजना सम्पन्न गर्नेसम्मका मामिला एकातिर थिए, तर कांग्रेस सभापति देउवा र एमाओवादी नेता रायमाझीको ध्यान्न चाहिँ अन्तै गयो । शेबहादुरले मुखै खोलेर प्रस्ताव राखेपछि त्यही क्षेत्रका टोपबहादुर नहौसिउनु पनि किन ?
देउवालाई लिएर नजिकेको ठीकैखाले होटलमा पुगे । ‘हामी त आइयो के रे ! खान पाइने के–के छ र ?’ टोपबहादुरले होटलवालालाई सोधेपछि भने, ‘रक्सीबाहेक सबथोक छ मन्त्रीज्यू !’ खोजेको चिज नभएपछि टोपबहादुले देउवातिर हेर्दै होटलवालालाई अनुरोध गरे, ‘सभापतिज्यू नै आएपछि केही न केही व्यवस्था त गर्ने पर्च केरे ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।


0 comments:
Post a Comment