काठमाडौं,जेठ २६ । माओवादीबाट बाहिरिएर नयाँ शक्ति निमार्ण गर्ने अभियानमा सक्रिय नेता डा। बाबुराम भटट्राईले विदेशीहरुलाई साक्षी राखेर नयाँ शक्ति नेपाल नामको नयाँ पार्टी घोषणा गर्ने भएको छ । आगामी ३० जेठमा दशरथ रंगशालामा विदेशीहरुका आधिकारिक प्रतिनिधिलाई मञ्चमा राखेर भट्टराईले पार्टी घोषणा गर्न लागेका हुन् ।
नाम नयाँ शक्ति भएकाले हरेक कुरामा अरु भन्दा भिन्न पहिचान देखाउने नाममा भट्टराईले विदेशीहरुलाई साक्षी राखेर पार्टी घोषणा गर्न लागेको विषयमा भने निकै चर्चा पाउन थालेको छ । पार्टी घोषणा कार्यक्रममा उनले नेपालस्थित २२ वटा कुटनीतिक निकायका प्रमुखलाई सहभागिताका लागि निम्तो पठाएका छन् आजको बुधबार साप्ताहिकमा खबर ।


0 comments:
Post a Comment